चैत्र १८, २०८२ बुधबार | १२:५५:१५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नेपाल एमेच्योर ओपनः नेपालका राहुल र भारतका शातलाई अग्रता

राहुल विश्वकर्मा

काठमाडौं। नेपालका राहुल विश्वकर्मा र भारतका शात मिश्राले १०औं नेपाल एमेच्योर ओपनको पहिलो दिन संयुक्तरुपमा अग्रता लिएका छन्।

गोकर्ण गल्फ क्लबमा बुधबार राहुल र शातले ५-अन्डर ६७ को स्कोर खडा गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य ३-अन्डर ६९ सहित तेश्रो स्थानमा छन्।

नेपालकै विजय श्रेष्ठ आइन्हाउस र साश्वत प्रधान तथा भारतका सुरज जोशी र बंगलादेशका सहाब उद्दिन इभन-पार ७२ सहित संयुक्तरुपमा चौथो स्थानमा रहे।

नेपालका वाङचेन ढोन्डुप र साविक विजेता च्याम्पियन भारतका सुमित कोटवालले संयुक्तरुपमा आठौं स्थान बाँडे। उनीहरूले १-ओभर ७३ मा दिनको खेल पुरा गरे।  नेपालका ज्ञानबहादुर ढेङ्गा २-ओभर ७४ सहित १०औं स्थानमा छन्।

पुरुष टिम स्पर्धामा नेपालको ‘बी’ टिम र भारत ४-अन्डर १४० सहित संयुक्तरुपमा शीर्ष स्थानमा स्थानमा छन्। नेपाल ‘बी’का लागि राहुल विश्वकर्माले ६७ र वाङचेन ढोन्डुपले ७३ को स्कोर बनाए। भारतका शात मिश्राले ६७ र सुमित कोटवालले ७३ स्कोर गरे।

सद्भाव आचार्य र टासी छिरिङ सम्मिलित नेपाल टिम ‘ए’ १-ओभर १४५ सहित तेस्रो स्थानमा छ।

महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले १-अन्डर ७१ को स्कोरमा नेपालकी कश्मीरा शाह र भारतकी दिया क्रिस कुमारलाई एक स्ट्रोकले पछि पारेकी छन्। साविक विजेता च्याम्पियन कश्मीरा र दिया इभन-पार ७२ सहित संयुक्तरुपमा दोस्रो स्थानमा छन्।

भारतकी मानवी सिंघानिया १-ओभर ७३ सहित चौथो स्थानमा रहँदा ५-ओभर ७७ को स्कोरमा भारतकी अनन्थी विवेक पाँचौ स्थानमा रहे ।

पुरुषतर्फका संयुक्त लिडर राहुल र शात दुवैले फ्रन्ट नाइन २-अन्डर ३४ र ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे। राहुलले तेस्रो र सातौं होलमा एक/एक सट बचाए। यसपछि १७औं होलमा एक सट खेर फाले पनि ११औं, १२औा, १५औं र १८औं होलमा बर्डीको सफलता प्राप्त गरे।

शातले बोगी फ्री स्कोर कार्ड तयार पार्ने क्रममा तेस्रो, छैटौं, १५औं, १७औं र १८औं होलमा एक/एक सट बचाए।

सद्भावले तेस्रो र नवौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। यसपछि १२औं र १७औं होलको बर्डीका विरूद्ध १५औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे।

महिलातर्फ लिडर कायाले फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन इभन-पार ३६ मा पुरा गरिन्। उनले फ्रन्ट नाइनमा चार होलमा बर्डी प्रहार गरिन। पहिलो, तेस्रो, पाँचौ र छैटौं होलमा एक\एक सट बचाइन्। तर दोस्रो होलमा बोगी र चौथो होलमा डबल बोगीको सामना गरिन्।

 यसपछि ब्याक नाइनमा ११औं, १५औं र १८औं होलमा एक/एक सट बचाइन्। तर १६औं होलमा बोगी र १७औं होलमा डबल बोगी प्रहार गरिन्। कश्मिरा र किया दुवैले फ्रन्ट नाइन र ब्याक नाइन ईभन–पार ३६ मा सकाए।

५४ होल तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच देशका ६५ खेलाडीको सहभागीता  छ।

आजै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष टाशी घले, महासचिव दीपक आचार्य लगायतको उपस्थिति थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो