माघ १६, २०८२ शुक्रबार | ०६:५३:१८
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

नेपाल एमेच्योर ओपनः नेपालका राहुल र भारतका शातलाई अग्रता

राहुल विश्वकर्मा

काठमाडौं। नेपालका राहुल विश्वकर्मा र भारतका शात मिश्राले १०औं नेपाल एमेच्योर ओपनको पहिलो दिन संयुक्तरुपमा अग्रता लिएका छन्।

गोकर्ण गल्फ क्लबमा बुधबार राहुल र शातले ५-अन्डर ६७ को स्कोर खडा गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य ३-अन्डर ६९ सहित तेश्रो स्थानमा छन्।

नेपालकै विजय श्रेष्ठ आइन्हाउस र साश्वत प्रधान तथा भारतका सुरज जोशी र बंगलादेशका सहाब उद्दिन इभन-पार ७२ सहित संयुक्तरुपमा चौथो स्थानमा रहे।

नेपालका वाङचेन ढोन्डुप र साविक विजेता च्याम्पियन भारतका सुमित कोटवालले संयुक्तरुपमा आठौं स्थान बाँडे। उनीहरूले १-ओभर ७३ मा दिनको खेल पुरा गरे।  नेपालका ज्ञानबहादुर ढेङ्गा २-ओभर ७४ सहित १०औं स्थानमा छन्।

पुरुष टिम स्पर्धामा नेपालको ‘बी’ टिम र भारत ४-अन्डर १४० सहित संयुक्तरुपमा शीर्ष स्थानमा स्थानमा छन्। नेपाल ‘बी’का लागि राहुल विश्वकर्माले ६७ र वाङचेन ढोन्डुपले ७३ को स्कोर बनाए। भारतका शात मिश्राले ६७ र सुमित कोटवालले ७३ स्कोर गरे।

सद्भाव आचार्य र टासी छिरिङ सम्मिलित नेपाल टिम ‘ए’ १-ओभर १४५ सहित तेस्रो स्थानमा छ।

महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले १-अन्डर ७१ को स्कोरमा नेपालकी कश्मीरा शाह र भारतकी दिया क्रिस कुमारलाई एक स्ट्रोकले पछि पारेकी छन्। साविक विजेता च्याम्पियन कश्मीरा र दिया इभन-पार ७२ सहित संयुक्तरुपमा दोस्रो स्थानमा छन्।

भारतकी मानवी सिंघानिया १-ओभर ७३ सहित चौथो स्थानमा रहँदा ५-ओभर ७७ को स्कोरमा भारतकी अनन्थी विवेक पाँचौ स्थानमा रहे ।

पुरुषतर्फका संयुक्त लिडर राहुल र शात दुवैले फ्रन्ट नाइन २-अन्डर ३४ र ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे। राहुलले तेस्रो र सातौं होलमा एक/एक सट बचाए। यसपछि १७औं होलमा एक सट खेर फाले पनि ११औं, १२औा, १५औं र १८औं होलमा बर्डीको सफलता प्राप्त गरे।

शातले बोगी फ्री स्कोर कार्ड तयार पार्ने क्रममा तेस्रो, छैटौं, १५औं, १७औं र १८औं होलमा एक/एक सट बचाए।

सद्भावले तेस्रो र नवौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। यसपछि १२औं र १७औं होलको बर्डीका विरूद्ध १५औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे।

महिलातर्फ लिडर कायाले फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन इभन-पार ३६ मा पुरा गरिन्। उनले फ्रन्ट नाइनमा चार होलमा बर्डी प्रहार गरिन। पहिलो, तेस्रो, पाँचौ र छैटौं होलमा एक\एक सट बचाइन्। तर दोस्रो होलमा बोगी र चौथो होलमा डबल बोगीको सामना गरिन्।

 यसपछि ब्याक नाइनमा ११औं, १५औं र १८औं होलमा एक/एक सट बचाइन्। तर १६औं होलमा बोगी र १७औं होलमा डबल बोगी प्रहार गरिन्। कश्मिरा र किया दुवैले फ्रन्ट नाइन र ब्याक नाइन ईभन–पार ३६ मा सकाए।

५४ होल तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच देशका ६५ खेलाडीको सहभागीता  छ।

आजै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष टाशी घले, महासचिव दीपक आचार्य लगायतको उपस्थिति थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।