चैत्र १८, २०८२ बुधबार | १३:४६:५१
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

सुवास र श्याम सम्मानित

काठमाडौं । नेपाल गल्फ संघले वार्षिक साधारण सभाको अवसरमा पुर्व नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ र वरिष्ठ फोटो पत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सुवासलाई सम्मान पत्र र १ लाख रुपैयाँ प्रदान गरे।

गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले २५ हजार उपलब्ध गराएका हुन् ।

सुवासले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक दोहोरो स्वर्ण जितेका थिए । उनले बंगलादेश ओपनमा सद्भाव आचार्यसँग मिलेर टिमतर्फ स्वर्ण र व्यक्तिगत स्पर्धामा रजत पदक जितेका थिए ।

यसैगरी सुबाशले १२२औं संस्करणको अल इन्डिया एमेच्योर ओपनको उपाधि जिते । उनी भारतमा प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली गल्फर बने । सुवासले यही वर्ष प्रोफेसनल करिअरको सुरूवात गरेका छन् ।

यसैगरी चित्रकारलाई गल्फ खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

आजै नेपाल गल्फ संघको वार्षिक साधारण सभाले महासचिवमा दिपक आचार्य र सचिवमा श्रीराम भण्डारीलाई नियुक्त गरेको छ ।  यसैगरी साधारण सभाले महासचिव दिपक तथा कोषाध्यक्ष किसन अग्रवालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्यो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो