चैत्र १७, २०८२ मंगलबार | २१:१५:०१
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

सिंगापुर एमेच्योर ओपन: सुवास नवौं स्थानमा

फाइल तस्बिर

काठमाडौं ।  नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले सिंगापुर ओपन एमेच्योर च्याम्पियनसिपमा संयुक्तरुपमा नवौं स्थान हासिल गरेका छन्।

पार-७३ को अर्किड कन्ट्री क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन २-अन्डर ७१ को कार्ड बनाउँदा समग्रमा ८-अन्डर २ सय ८४ सहित सुवासले अस्ट्रेलियाका अबेल एडवार्डसँगै नवौं स्थानमा रहेका हुन् ।

 सुवासले शुक्रबार फ्रन्ट नाइन २-अन्डर ३४ र ब्याक नाइन इभन-पार ३७ मा पुरा गरे। यो क्रममा उनले कुल छ बर्डी प्रहार गरे। तेस्रो, चौथों, सातौं, नवौं, १५औं र १८ औं होलमा एक/एक सट बचाए। सुवासले छैटौं, आठौं, ११औं र १४औं होलमा एक/एक सट खेर फाले । अर्का नेपाली गल्फर सद्भाव आचार्य भने कट बनाउन असफल रहे ।

प्रतियोगितामा अस्ट्रेलियाका लिंकन मोर्गान १८-अन्डर २ सय ७४ स्कोरसहित च्याम्पियन बने । फिलिपिन्सका एड्रिक चान (६७) र कार्ल जानो कर्पस (६९) तथा अस्ट्रेलियाका मार्कस लिम (७०) समग्रमा १७-अन्डर २ सय ७५ स्कोरसहित संयुक्तरुपमा दोस्रो भए।

चार दिने प्रतियोगितामा २२ राष्ट्रका ८६ गल्फरको सहभागिता  थियो।

सुवास र सद्भाव सिंगापुरबाट एसियाली खेलकुदको विशेष प्रशिक्षणको लागि भारतको बेङ्गलोरस्थित तरूण सरदेशाई गल्फ एकेडमी फर्किने छन्।

मुख्य प्रशिक्षक तरुण सरदेसाईको नेतृत्वमा नेपाली राष्ट्रिय पुरुष तथा महिला गल्फ टोली आसन्न एसियाली खदेलकुद लागि तयारी गरिरहेको छ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो