माघ ४, २०८२ आइतबार | ०६:२३:१३
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

सुवासलाई पाँच स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले सानदार सुरुवात गर्दै पाँच स्ट्रोकको अग्रता बनाएका छन्।

सुवासले पहिलो दिन ९-अन्डर ६३ को उत्कृष्ट स्कोर गरे। यो स्कोरमा सुवासले प्रोफेसनल गल्फर तोरणविक्रम शाहीलाई पछि पारेका हुन्।

गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा तोरणले पहिलो दिनको खेल ४-अन्डर ६८ मा पुरा गरे। जयराम श्रेष्ठ र शिवराम पौडेलले ३-अन्डर ६९ को स्कोरमा संयुक्तरुपमा तेस्रो स्थानमा रहे । 

यसैगरी एमेच्योर खेलाडी सद्भाव आचार्य २-अन्डर ७० सहित पाँचौ स्थानमा छन्। १-अन्डर ७१ को स्कोरमा साबिक विजेता  शुक्रबहादुर राई सहित कृष्णमान राजबाहक र दिनेश प्रजापति संयुक्तरुपमा छैटौं स्थानमा छन्। 

यसैगरी सूर्यप्रसाद शर्मा, भुवन नगरकोटी, दलबहादुर लामा, रवी खड्का र राजेन्द्र थापा मगर संयुक्तरुपमा नवौं स्थानमा छन्। उनीहरूले पहिलो दिनको खेल इभन-पार ७२ मा सकाए।

दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवासले प्रो गल्फरहरूलाई पहिलो दिनदेखि नै दबाब दिने क्रममा उत्कृष्ट सुरुवात गरे।  सुबासले पहिलो, दोस्रो र तेस्रो होलमा लगातार तीन बर्डी प्रहार गरे। यसैगरी आठौं होलमा एक सट खेर फाले पनि पाँचौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए।

ब्याक नाइनमा पनि सुवासले उत्कृष्ट लयलाई निरन्तरता दिए। १०औं होलमा एक सट बचाउँदा ५-पारको ११ औं होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १२औं र १४औं होलमा एक-एक सट बचाउँदै उनले ब्याक नाइन ५-अन्डर ३१ मा सकाए।

तोरणले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा पुरा गरे। दिनको सुरूवात बोगीबाट गरे। पहिलो होलमा बोगी खेपे पनि तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १२औं र १६औं होलमा एक-एक सट बचाए।

जयरामले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। पहिलो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा चौथो होलमा बोगी खेपे। ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे। ११औं र १३औं होलमा एक-एक सट बचाउँदा १५औं होलमा बोगी खेपे।

शिवरामले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाउने क्रममा पहिलो, दोस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे। ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे। उनले ११औं होलमा बर्डी र १७औं होलमा बोगी प्रहार गरे।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीले ७२ होलको प्रतियोगिता खेल्नेछन्। ३६ होलको समाप्तीमा शीर्ष २१ प्रो र कम्तिमा ६ एमेच्योर खेलाडीले कट बनाउने छन्।

कुल १५ लाख २० हजार नगद  पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ। यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन्।

सूर्य नेपाल गल्फ टुर अन्तर्गत ८ मध्ये ७ वटा प्रतियोगिताको सकिँदा  ५ लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सुचीको शीर्ष स्थानमा छन् । उनी भन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहेका छन् । 

यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानो समेत गर्नेछ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate