फाल्गुन १९, २०८२ मंगलबार | १०:५५:२४
खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का

सुवासलाई पाँच स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले सानदार सुरुवात गर्दै पाँच स्ट्रोकको अग्रता बनाएका छन्।

सुवासले पहिलो दिन ९-अन्डर ६३ को उत्कृष्ट स्कोर गरे। यो स्कोरमा सुवासले प्रोफेसनल गल्फर तोरणविक्रम शाहीलाई पछि पारेका हुन्।

गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा तोरणले पहिलो दिनको खेल ४-अन्डर ६८ मा पुरा गरे। जयराम श्रेष्ठ र शिवराम पौडेलले ३-अन्डर ६९ को स्कोरमा संयुक्तरुपमा तेस्रो स्थानमा रहे । 

यसैगरी एमेच्योर खेलाडी सद्भाव आचार्य २-अन्डर ७० सहित पाँचौ स्थानमा छन्। १-अन्डर ७१ को स्कोरमा साबिक विजेता  शुक्रबहादुर राई सहित कृष्णमान राजबाहक र दिनेश प्रजापति संयुक्तरुपमा छैटौं स्थानमा छन्। 

यसैगरी सूर्यप्रसाद शर्मा, भुवन नगरकोटी, दलबहादुर लामा, रवी खड्का र राजेन्द्र थापा मगर संयुक्तरुपमा नवौं स्थानमा छन्। उनीहरूले पहिलो दिनको खेल इभन-पार ७२ मा सकाए।

दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवासले प्रो गल्फरहरूलाई पहिलो दिनदेखि नै दबाब दिने क्रममा उत्कृष्ट सुरुवात गरे।  सुबासले पहिलो, दोस्रो र तेस्रो होलमा लगातार तीन बर्डी प्रहार गरे। यसैगरी आठौं होलमा एक सट खेर फाले पनि पाँचौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए।

ब्याक नाइनमा पनि सुवासले उत्कृष्ट लयलाई निरन्तरता दिए। १०औं होलमा एक सट बचाउँदा ५-पारको ११ औं होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १२औं र १४औं होलमा एक-एक सट बचाउँदै उनले ब्याक नाइन ५-अन्डर ३१ मा सकाए।

तोरणले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा पुरा गरे। दिनको सुरूवात बोगीबाट गरे। पहिलो होलमा बोगी खेपे पनि तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १२औं र १६औं होलमा एक-एक सट बचाए।

जयरामले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। पहिलो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा चौथो होलमा बोगी खेपे। ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे। ११औं र १३औं होलमा एक-एक सट बचाउँदा १५औं होलमा बोगी खेपे।

शिवरामले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाउने क्रममा पहिलो, दोस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे। ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे। उनले ११औं होलमा बर्डी र १७औं होलमा बोगी प्रहार गरे।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीले ७२ होलको प्रतियोगिता खेल्नेछन्। ३६ होलको समाप्तीमा शीर्ष २१ प्रो र कम्तिमा ६ एमेच्योर खेलाडीले कट बनाउने छन्।

कुल १५ लाख २० हजार नगद  पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ। यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन्।

सूर्य नेपाल गल्फ टुर अन्तर्गत ८ मध्ये ७ वटा प्रतियोगिताको सकिँदा  ५ लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सुचीको शीर्ष स्थानमा छन् । उनी भन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहेका छन् । 

यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानो समेत गर्नेछ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||