चैत्र ३, २०८२ मंगलबार | ११:३३:३५
विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ

१९औं एशियन गेम्सको लागि बक्सिङको छनोट शुरु

काठमाडौं । नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गइरहेको १९औं एशियन गेम्सका लागि यहि अप्रिल २७ देखि अप्रिल ३० तारिखसम्म देशव्यापी प्रारम्भिक बक्सिङ छनोट खेल सुरु गरेको छ ।

आज भएको प्रारम्भिक छनोट खेलमा फ्लाई वैट ५१ किलो महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबका दीवाना शेर्मालाई पराजित गरिन् । त्यसै गरी सोहि तौल समुहमा आर्मीकै ललिता महर्जनले एपिएफका निता गोसाईलाई अंकको आधारमा पराजित गरिन् । फ्लाई वैट तौल समुहको अर्को खेलमा नेपाल पुलिसकी रिता धरलाले बागमती प्रदेशकी देनिका राईलाई अंकको आधारमा पराजित गरिन् । सोही तौल समुहमा बागमती प्रदेशका सुस्मा तामाङले बागमती प्रदेश ‘ए’ कै अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गरिन् ।

यस्तै, महिला वैन्टम वैट तौल समुहमा बागमती प्रदेशका हेमा राईले बागमती प्रदेश ‘ए’ कै स्वस्तिकालाई स्पिलट डिसिजनका आधारमा पराजित गरिन् ।

पुरुषका खेलहरुमा ५२ केजी तौल समुहमा बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले आर्मीका जयन्त मैनालीलाई र नेपाल प्रहरीका खेलाडी चन्द्रबहादुर थापाले बागमती प्रदेशका खेलाडी रविन थापालाई क्रमश ३ः२ र ५ः० अंकको आधारमा जित हात पारे ।

त्यसै गरी ५७ केजी तौल समुहमा नेपाल आर्मी ‘बी’ का खेलाडी पुरन सुनुवारलाई नेपाल आर्मी ‘ए’ का खेलाडी ईन्द्रबहादुर सुनारले वाक ओभरका आधारमा जिते ।

६३ केजी तौल समुहमा गण्डकी प्रदेशका खेलाडी सागर परियारलाई नेपाल आर्मी ए का खेलाडी लालु आले मगरले ५ः० अंकको आधारमा र सोहि तौल समुहमा बागमती प्रदेश ए का सुलभ मालिलाई बागमती प्रदेशका निशान दासले ४ः१ अंकको आधारमा जित हासिल गरे ।

यस्तै, ७५ केजी तौल समहमा बागमती प्रदेशका खेलाडी विनिस राईलाई ललितपुरका खेलाडी साजन थिङ तामाङले ३ः२ अंकको आधारमा र लुम्बिनी प्रदेशका खेलाडी बिकास राना मगरलाई बागमती प्रदेशका खेलाडी सनिल शाहीले ५ः० अंकको आधारमा जित हात पारे ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने