माघ १७, २०८२ शनिबार | ००:२५:१६
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

१९औं एशियन गेम्सको लागि बक्सिङको छनोट शुरु

काठमाडौं । नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गइरहेको १९औं एशियन गेम्सका लागि यहि अप्रिल २७ देखि अप्रिल ३० तारिखसम्म देशव्यापी प्रारम्भिक बक्सिङ छनोट खेल सुरु गरेको छ ।

आज भएको प्रारम्भिक छनोट खेलमा फ्लाई वैट ५१ किलो महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबका दीवाना शेर्मालाई पराजित गरिन् । त्यसै गरी सोहि तौल समुहमा आर्मीकै ललिता महर्जनले एपिएफका निता गोसाईलाई अंकको आधारमा पराजित गरिन् । फ्लाई वैट तौल समुहको अर्को खेलमा नेपाल पुलिसकी रिता धरलाले बागमती प्रदेशकी देनिका राईलाई अंकको आधारमा पराजित गरिन् । सोही तौल समुहमा बागमती प्रदेशका सुस्मा तामाङले बागमती प्रदेश ‘ए’ कै अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गरिन् ।

यस्तै, महिला वैन्टम वैट तौल समुहमा बागमती प्रदेशका हेमा राईले बागमती प्रदेश ‘ए’ कै स्वस्तिकालाई स्पिलट डिसिजनका आधारमा पराजित गरिन् ।

पुरुषका खेलहरुमा ५२ केजी तौल समुहमा बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले आर्मीका जयन्त मैनालीलाई र नेपाल प्रहरीका खेलाडी चन्द्रबहादुर थापाले बागमती प्रदेशका खेलाडी रविन थापालाई क्रमश ३ः२ र ५ः० अंकको आधारमा जित हात पारे ।

त्यसै गरी ५७ केजी तौल समुहमा नेपाल आर्मी ‘बी’ का खेलाडी पुरन सुनुवारलाई नेपाल आर्मी ‘ए’ का खेलाडी ईन्द्रबहादुर सुनारले वाक ओभरका आधारमा जिते ।

६३ केजी तौल समुहमा गण्डकी प्रदेशका खेलाडी सागर परियारलाई नेपाल आर्मी ए का खेलाडी लालु आले मगरले ५ः० अंकको आधारमा र सोहि तौल समुहमा बागमती प्रदेश ए का सुलभ मालिलाई बागमती प्रदेशका निशान दासले ४ः१ अंकको आधारमा जित हासिल गरे ।

यस्तै, ७५ केजी तौल समहमा बागमती प्रदेशका खेलाडी विनिस राईलाई ललितपुरका खेलाडी साजन थिङ तामाङले ३ः२ अंकको आधारमा र लुम्बिनी प्रदेशका खेलाडी बिकास राना मगरलाई बागमती प्रदेशका खेलाडी सनिल शाहीले ५ः० अंकको आधारमा जित हात पारे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।