वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट

काठमाडौं । वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

काठमाडौंको वसन्तपुर डबलीमा शनिबारसम्म संचालन हुने प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश गरी १० टिमका एक सय दुई खेलाडीको सहभागी हुने आयोजकले जानकारी दिएको छ । तीमध्ये पुरुष ६५ र महिला ३७ जना खेलाडी रहेका छन् ।

वीर गणेशमान सिंह स्पोट्र्स कमिटीको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ ४८ केजी, ५७ केजी, ६३ केजी, ६९ केजी, ७५ केजी, ८१ केजी र ९१ केजी गरी सात तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ  । यस्तै, महिलातर्फ ४८ केजी, ५४–५७ केजी, ६० केजी, ६४–६९ केजी र ६९–७५ केजी गरी पाँच तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 

त्यस्तै उत्कृष्ट पुरुष र महिला खेलाडीलाई क्रमशः मोटरसाइकल र स्कुटर प्रदान गरिने संयोजक श्रेष्ठले बताए ।