वैशाख २६, २०८२ शुक्रबार | ०९:०८:२६
म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा

शुशिल विजयी

काठमाडाैं । थाइल्याण्ड ओपन इन्टरनेशनल बक्सिंग छनोटको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबका शुसिल थापाले यचटुओका रबिन थापालाई ५ः० अंकको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरेका छन्।

आइतबार सोही तौल समूहमा बक्समाण्डुका लक्ष्मण राईले सुर्खेतका मोहन गुरुङ्गलाई अंकको आधारमा पराजित गरे । वैल्टर वैट ६३ किलो तौल समूहमा नेपाल प्रहरीका भुपेन्द्र थापा र जेनेक्सका मुस्कान राना मगरसंग फाइनलमा भेट पक्का गरे । थापाले थानकोटका मनिश श्रेष्ठलाई र मुस्कानले रामेछापका सुरेश कुमार भोलनलाई पराजित गरेका थिए ।

छनोट खेलकै महिलातर्फ वैन्टम वैट ५४ केजी तौल समूहमा मिनु गुरुङ्गले बाँकेका माया क्षेत्रीलाई पराजित गदैै एपीएफकी सन्जुमाया थिंगसंग फाइनलमा भिडन्त पक्का गरिन् । सन्जुले  थानकोटका सुसिला भोलानलाई अंकको आधारमा पराजित गरेका थिए । त्यसैगरी महिलातर्फकै फेदरवैट ५७ किलो तौल समूहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मीता राईलाई पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरिन् ।

फस्ट अल नेपाल स्कुल व्वाय एण्ड गल्र्स बक्सिंग प्रतियोगिताको सेमिफाइनलमा ३५ केजी पुरुषतर्फ नक्सालका सक्षम लामाले बक्समाण्डुको प्रवेस उपाध्यायालाई अंकको आधारमा पराजित गरे ।

सोही तौलसमुहमा मकवानपुरका अरुण सापकोटाले बक्समाण्डु ‘बी’ का दीपक बोहरालाई एबीडीको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । पुरुष ४९ किलो तौल समुहमा मात्रृभुमी बी भक्तपुरका नविनतम खडकाले कास्कीका आकाश बोहरालाई अंकको आधारमा पराजित गरी फाइनलमा मकवानपुरका सिलेन वाइबासंग भिडन्त पक्का गरेका छन् । सिलेनले नक्सालका सिद्धार्थ श्रेष्ठलाई अंकको आधारमा पराजित गरेका थिए ।

पुरुष ५२ किलो तौल समुहमा भुपु बक्सिंग पोखराका समुन्द्र थापा मगरले कास्कीका अंशुल रोकायालाई पराजित गरे भने सोहि तौल समूहमा बाँकेका यज्ञराज खत्रीले नक्सालका प्रितम महर्जनलाई अंकको आधारमा पराजित गर्दैै फाइनलमा समुन्द्रसंग भेट पक्का गरेका छन् । त्यसै गरी पुरुष ५८ किलो तौल समूहमा भुपु बक्सिंग पोखराकै साहिल लिम्बुले मेरिडियन स्कुलका रिजूल निरौलालाई पराजित गरे पुरुष ६१ किलो तौल समूहमा बक्समाण्डुका सेरप गेल्चेन शेर्पाले उदयपुरका रोजन मगरलाई अंकको आधारमा पराजित गरे ।

यस्तै, स्कुल बक्सिंगको गल्र्सतर्पm ४० किलो तौल समूहमा दमकका दिप्सा कांगबांगले अछाम किनिशा नेपालीलाई पराजित गरे । सोहि तौल समूहमा अछामकी लक्ष्मी शाहीले बाँकेकी रेविका सुनारलाई अंकको आधारमा पराजित गरिन् ।  स्कुल गल्र्सतर्पmकै आर्यन क्लब ललितपुरकी आस्था केसीले नक्सालकी क्रिस्टिना थापालाई पराजित गरिन् ।

स्कूल व्वाय एण्ड गल्र्स प्रतियोगिताअन्तर्गतमा आजै भएका फाइनल खेलहरुमा पुरुषतर्फको ३७ केजी तौल समूहमा अछामका रोहित जनालाले आर्यन क्लब ललितपुरको अमन थापालाई पराजित गरी प्रथम स्थान हासिल गरे । ४० केजी तौल समूहमा थानकोटका प्रकट महर्जनले बोशिगाँउका रितेश महर्जनलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् । त्यसै गरी ४३ किलो तौल समुहमा अल्फा बक्सिंग दाङका सोनम पुनमगरले अछामका प्रविन टमटालाई पराजित गर्दै प्रथम स्थान हासिल गरे । आजै भएको पुरुष ४६ किलो तौल समुहमा कास्कीका निशान गुरुङ्गले दमकका योगेश लिम्बुलाई पराजित गदै स्वर्ण पदक हात पारे ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP