वैशाख २६, २०८२ शुक्रबार | ०९:०९:३८
म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा

राष्ट्रव्यापी स्कुल पुरुष तथा महिला बक्सिङ्ग प्रतियोगिता हुने

काठमाडौं । खेलकुद प्रवद्धन संस्था नेपाल (स्पोन) ले राष्ट्रव्यापी स्कुल पुरुष तथा महिला बक्सिङ्ग प्रतियोगिता गर्ने भएको छ ।

नेपाल बक्सिङ्ग संघको तत्वाधान तथा प्रविधिक सहयोगमा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित कभर्डहलमा चैत्र पाँच गतेदेखि सात गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा स्कुल स्तरीय १२ देखि १४ वर्षका महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । प्रतियोगिता आइवा तथा नेपाल बक्सिङ्ग संघको नियमअनुसार सञ्चालन हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ३५, ३७, ४०, ४३, ४६, ४९, ५२, ५५, ५८ र ६१ किलोगरि १० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै, महिलातर्फ ३५, ४०, ४३, ४६, ४९, ५२, ५५ र ६० किलो तौलसमूहमा गरि आठ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा देशभरका २२ देखि २५ जिल्लाबाट ७० देखि ८० खेलाडीको सहभागिता रहने आयोजकको अनुमान छ ।

सोही प्रतियोगिताका दौरान यसै वर्षको अप्रिलमा थाइल्यान्डमा हुने ओपन इन्टरनेशनल बक्सिङ प्रतियोगिताको लागि खुल्ला छनोट खेल पनि हुनेछ । यस प्रतियोगितालाई बहराइनमा हुने एएएसबीसी एसियन स्कुल ब्वाइज एण्ड गल्र्स बक्सिङ्ग प्रतियोगिताको प्रारम्भिक छनोटको आधार समेत रहेको आयोजकले जानकारी दिए ।

प्रतियोगितामा १३औं सागमा स्वर्ण पदक जितेका सनिल शाही, भुपेन्द्र थापामगर र मिनु गुरुङलाई बक्सिङ्ग एवंम प्रतियोगिता संयोजक मुख्य प्रशिक्षक प्रकाश थापामगरले नगद एक लाखसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP