बक्सिङ

बक्सिङ टोली जोर्डनतर्फ

काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार जोर्डनको अम्मान प्रस्थान गरेका छन् ।

फागुन १६ देखि चैत १ गतेसम्म हुने प्रतियोगिताको युथतर्फ पुरुष ५४ केजीमा छिरिङ वाङ्दी तथा ६० केजीमा इन्द्रबहादुर सुनारले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । जुनियर महिलाको ५२ केजीमा स्वस्तिका तिरुवाले खेल्नेछिन् । गत संस्करणको जुनियरमा छिरिङ र स्वस्तिकाले कांस्य पदक जितेका थिए ।

प्रशिक्षकमा दीपक महर्जन छन् । टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।