नेपाल बक्सिङ संघ

भोलि हुने बक्सिङ संघको साधारण सभा महासचिवले बहिस्कार गर्ने

काठमाडौं । शनिबार हुने तय भएको नेपाल बक्सिङ संघको साधारण सभा महासचिव सविन भट्टाचार्यले बहिस्कार गर्ने भएका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संघका महासचिव भट्टले अध्यक्ष र कार्यबाहक कोषाध्यक्षले मनोमानी गरेर आफू खुशी साधारण सभा गर्न लागेको आरोपसमेत लगाएका छन् ।

कोभिड १९ को संक्रमण बढ्दै गएको अवस्थामा मानिस भेला गरेर साधारण सभा गर्नु उचित नहुने बताउँदै महासचिव भट्टाचार्यले भोलिको कार्यक्रमलाई ‘हस्ताक्षर संकलन गर्ने भेला’को रुपमा व्याख्या गरेका छन् ।

नेपाल बक्सिङ संघ लामो सयमदेखि विवादमा मुछिँदै आएको संस्था हो । यस विषयमा मन्त्रालयले समेत सरोकारवालालाई मिलेर अगाडि बढ्न भनिसकेको छ ।