माघ १८, २०८२ आइतबार | १५:०४:३६
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

बक्सिङका पूर्व प्रशिक्षक गुरुङप्रति श्रद्धाञ्जली अपर्ण

काठमाडौं । बक्सिङका पूर्व प्रशिक्षक स्व.मदनकुमार गुरुङप्रति मंगलबार श्रद्धाञ्जली अपर्ण गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, कर्मचारीलगायतले गुरुङको पार्थिव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

गुरुङको माघ १३ गते पारिवारिक भेटघाटका क्रममा म्यानमार जाने क्रममा निधन भएको थियो ।  त्यसदिन गुरुङ नेपालबाट थाइल्यान्ड हुँदै म्यान्मार जाने तयारीमा थिए । नेपालबाट थाइल्यान्डका लागि प्रस्थान गरेको विमान उडिरहेकै अवस्थामा उनको निधन भएको बताइएको छ ।

विमान उडेको करिब २० मिनेटमै उनको निधन भएपछि थाइल्यान्डका लागि उडेको विमानलाई बंगलादेशको ढाकामा अवतरण गरिएको थियो । विभिन्न प्रकृया पूरा गरी मंगलबार मात्र उनको पार्थिव शरीर नेपाल ल्याइएको हो ।

गुरुङको मंगलबारै पशुपति आर्याघाटमा अन्त्येष्टी गरिएको छ । स्व.गुरुङका २ छोरा र श्रीमती छन् ।

गुरुङ २०४० सालमा बक्सिङ सहायक प्रशिक्षकका रुपमा राखेपमा सेवा प्रवेश गरेका थिए । उनी २०७७ सालमा बरिष्ठ प्रशिक्षकबाट राखेपबाट सेवा निवृत्त भएका थिए । गुरुङ नेपालका संस्थापक बक्सिङ प्रशिक्षक मध्ये एक भएको बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।