चैत्र ५, २०८२ बिहीबार | २२:०५:३५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

बक्सिङका पूर्व प्रशिक्षक गुरुङप्रति श्रद्धाञ्जली अपर्ण

काठमाडौं । बक्सिङका पूर्व प्रशिक्षक स्व.मदनकुमार गुरुङप्रति मंगलबार श्रद्धाञ्जली अपर्ण गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, कर्मचारीलगायतले गुरुङको पार्थिव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

गुरुङको माघ १३ गते पारिवारिक भेटघाटका क्रममा म्यानमार जाने क्रममा निधन भएको थियो ।  त्यसदिन गुरुङ नेपालबाट थाइल्यान्ड हुँदै म्यान्मार जाने तयारीमा थिए । नेपालबाट थाइल्यान्डका लागि प्रस्थान गरेको विमान उडिरहेकै अवस्थामा उनको निधन भएको बताइएको छ ।

विमान उडेको करिब २० मिनेटमै उनको निधन भएपछि थाइल्यान्डका लागि उडेको विमानलाई बंगलादेशको ढाकामा अवतरण गरिएको थियो । विभिन्न प्रकृया पूरा गरी मंगलबार मात्र उनको पार्थिव शरीर नेपाल ल्याइएको हो ।

गुरुङको मंगलबारै पशुपति आर्याघाटमा अन्त्येष्टी गरिएको छ । स्व.गुरुङका २ छोरा र श्रीमती छन् ।

गुरुङ २०४० सालमा बक्सिङ सहायक प्रशिक्षकका रुपमा राखेपमा सेवा प्रवेश गरेका थिए । उनी २०७७ सालमा बरिष्ठ प्रशिक्षकबाट राखेपबाट सेवा निवृत्त भएका थिए । गुरुङ नेपालका संस्थापक बक्सिङ प्रशिक्षक मध्ये एक भएको बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो