चैत्र १७, २०८२ मंगलबार | १०:१४:०५
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

लोकतान्त्रीक खेलकुद संघको मन्त्री गहतराजलाई ध्यानकर्षण पत्र

काठमाडौं । नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई आइतबार ध्यानकर्षण पत्र बुझाएको छ ।

नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले सर्बियाको राजधानी बेलग्रेडमा हुने विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई खेल पोसाक ट्रायकसुट सहित विदाई गर्ने कार्यक्रम आयोजना गरेकोमा नेपाल बक्सिङ संघले नियोजित रुपमा खेलाडीलाई सहभागी हुन नदिएको भन्दै संघले मन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझायो ।

संघले खेलाडीलाई धम्काउँदै कार्यक्रममा सहभागी हुन रोक लगाएकोमा भत्सर्ना गर्दै त्यस्ता कार्य गर्नेहरुलाई छानविन गरि कार्यवाही गर्न संघका अध्यक्ष दीपक गुरुङले युवा तथा खेलकुद मन्त्रीसँग माग गरे ।

‘नेपाल लोकतान्त्रीक खेलकुद संघ खेल क्षेत्रको विकृती र विसंगती हटाई खेलाडी र खेलकर्मीहरुको हक हित स्थापित गर्न स्थापना भएको एक खेल संस्था हो,’ विज्ञप्त्तीमा भनिएको छ, 'खेलाडी राष्ट्रको गौरव तथा सवै नेपालीहरुको साझा सम्पत्ती रहेको र खेलाडीहरुलाई सम्मान गर्न पाउने सवैको अधिकारको कुरा रहेकोमा नेपाल बक्सिङ संघका केहि पदाधिकारी र मुख्य प्रशिक्षकले व्यक्तिगत दुरासय र वैमनस्यताका कारण विदाइ कार्यक्रममा उपस्थती जनाए खेलाडीहरुलाई कारवाही गर्ने धम्की दिएर उपस्थिती हुन रोक लगाएकोले छानविन गरि त्यस्ता खेलभावना विपरित कार्य गरि खेल क्षेत्रको वदनाम गर्ने पदाधीकारीहरुलाई यथासिघ्र कारवाहीको माग  गर्दछ ।'

खेलकुद मन्त्री महेश्वर गहतराजले ध्यानकर्षण पत्र बुझ्दै के कस्तो भएको हो त्यसको बारेमा छानविन गरि निर्णय गर्ने बताए ।

त्यस्तै संघले राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सचिव एवं विभागीय प्रमुख कुलबहादुर थापा र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई पनि उक्त आशय सहितको ध्यानाकर्ण पत्र बुझाएको छ।

सचिव थापा र अध्यक्ष श्रेष्ठले पनि खेलाडीहरु सवैका साझा सम्पत्ती भएका र नियोजित रुपले कसै संगको व्यक्तिगत कारण खेलाडीहरुलाई मुछेर खेलभावना विपरित कार्य गर्न नहुने भन्दै यसका बारेमा छानविन तथा पत्राचार गरि निर्णय गर्ने बताए । 

लोकतान्त्रिक खेलकुद संघ बागमति प्रदेशका अध्यक्ष गुरुङ नेपाल बक्सिङ संघका पूर्व महासचिव पनि हुन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो