चैत्र ८, २०८२ आइतबार | १६:५९:१०
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

एसियाली खेलकुदको टर्च र्यालीमा सहभागी हुन महर्जन चीन प्रस्थान

काठमाडौं । १९ औं एसियाली खेलकुदको टर्च र्यालीमा सहभागी हुन बक्सिङ प्रशिक्षक दीपक महर्जन चीन प्रस्थान गरेका छन् । महर्जन सोमबार बिहान चीन प्रस्थान गरेका हुन् ।

प्रतियोगिताको पहिलो दिन सेप्टेम्बर २३ मा उद्धघाटन समारोह हुनेछ । उक्त कार्यक्रम ओलम्पिक स्पोर्ट्स सेन्टरमा हुनेछ । जहाँ सहभागी ४५ राष्ट्रका खेलाडीहरुले मार्चपास गर्नेछन् । साथै स्वागत भाषण, सांस्कृतिक प्रदर्शन, आतिशबाजी, कलात्मक प्रदर्शन, खेलाडीको शपथ, झण्डा फहराउने जस्ता प्रस्तुतीहरु हुनेछन् ।

महर्जनले २०१० ग्वाङझाउ (१६ औं ) एसियाली खेलकुदमा बक्सिङतर्फ ८१ केजी तौल समूहमा कांस्य पदक जितेका थिए । टर्च र्यालीपछि महर्जन टोलीसँग जोडिनेछन् ।

बक्सिङका खेलहरु प्रतियोगिताको दोस्रो दिन देखि सुरु हुनेछन् । बक्सिङमा नेपालले पूरा कोटामा सहभागिता जनाउँदै छ । पुरुषतर्फ सात र महिलातर्फ ६ तौल समूहमा नेपाली बक्सर रिङमा उत्रनेछन् ।

महिलातर्फ मीनु गुरुङले ५४ केजी, सरस्वती रानाले ७५ केजी, संगीता सुनारले ६० केजी, सुष्मा तामाङले ५० केजी, चन्द्रकला थापाले ५७ केजी र विनिता थापामगरले ६६ केजी तौल समूहमा भिड्ने छन् ।

पुरुषतर्फ रविन थापाले ५१ केजी, बुद्ध लामाले ५७ केजी, भूपेन्द्र थापाले ६३।५ केजी, दिपेश लामाले ७१ केजी, दीपक श्रेष्ठले ८० केजी, रविन नेपालले ९२ केजी र आशिष दवाडीले ९२ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो