चैत्र १४, २०८२ शनिबार | ००:११:०७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एसियाली खेलकुदमा नेपालको झण्डा बसिक्ङ प्रशिक्षक महर्जनले बोक्ने

काठमाडाैं। चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदमा नेपालको झण्डा बक्सिङका प्रशिक्षक दीपक महर्जनले बोक्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बुधबार बक्सिङ टाेलीलाई बिदाई गर्दै नेपालको झण्डा महर्जनले बोक्ने जानकारी गराएका हुन् ।

नेपाली बक्सिङ टोली टोली एसियाली खेलकुदको तयारी स्वरुप विशेष प्रशिक्षण गर्न भारत जाँदैछ। जुलाई २७ देखि अगस्ट २७ सम्म भारतको पन्जावमा विशेष प्रशिक्षण गर्ने भएका हुन् ।

महर्जनले सन् २०१० मा चीनमै भएको एसियाली खेलकुदमा कास्य पदक जितेका थिए ।

बक्सिङबाट सात पुरुष र ६ महिला गरी १३ खेलाडीले एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

छनोट प्रतियोगिताबाट महिलातर्फ सुस्मा तामाङ, मिनु गुरुङ चन्द्रकला थापा, संगिता सुनार, विनिता थापा मगर र सरस्वती राना मगर तथा पुरुषतर्फ रविन थापा, बुद्ध ग्याम्जो लामा, भुपेन्द्र थापा मगर, दिपेश लामा, दीपक श्रेष्ठ, दीपक सुनवार र आशिष दवाडीले एसियाली खेलकुदमा स्थान बनाएका थिए ।

भारतीय बक्सिङ टोलीका मुख्य प्रशिक्षक फर्नान्डेज लगायतले नेपाली खेलाडीलाई प्रशिक्षण दिने छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा शिव सिंह, आइवा थ्री स्टार प्रशिक्षकमा दीपक महर्जन,वरिष्ठ प्रशिक्षकमा प्रविन तुलाधार, राष्ट्रिय प्रशिक्षकमा राज श्रेष्ठ तथा ब्यवस्थापकमा श्यामकाजी अवाले छन् । 



 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो