माघ १५, २०८२ बिहीबार | १७:५२:०५
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

एसियाली खेलकुदमा नेपालको झण्डा बसिक्ङ प्रशिक्षक महर्जनले बोक्ने

काठमाडाैं। चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदमा नेपालको झण्डा बक्सिङका प्रशिक्षक दीपक महर्जनले बोक्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बुधबार बक्सिङ टाेलीलाई बिदाई गर्दै नेपालको झण्डा महर्जनले बोक्ने जानकारी गराएका हुन् ।

नेपाली बक्सिङ टोली टोली एसियाली खेलकुदको तयारी स्वरुप विशेष प्रशिक्षण गर्न भारत जाँदैछ। जुलाई २७ देखि अगस्ट २७ सम्म भारतको पन्जावमा विशेष प्रशिक्षण गर्ने भएका हुन् ।

महर्जनले सन् २०१० मा चीनमै भएको एसियाली खेलकुदमा कास्य पदक जितेका थिए ।

बक्सिङबाट सात पुरुष र ६ महिला गरी १३ खेलाडीले एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

छनोट प्रतियोगिताबाट महिलातर्फ सुस्मा तामाङ, मिनु गुरुङ चन्द्रकला थापा, संगिता सुनार, विनिता थापा मगर र सरस्वती राना मगर तथा पुरुषतर्फ रविन थापा, बुद्ध ग्याम्जो लामा, भुपेन्द्र थापा मगर, दिपेश लामा, दीपक श्रेष्ठ, दीपक सुनवार र आशिष दवाडीले एसियाली खेलकुदमा स्थान बनाएका थिए ।

भारतीय बक्सिङ टोलीका मुख्य प्रशिक्षक फर्नान्डेज लगायतले नेपाली खेलाडीलाई प्रशिक्षण दिने छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा शिव सिंह, आइवा थ्री स्टार प्रशिक्षकमा दीपक महर्जन,वरिष्ठ प्रशिक्षकमा प्रविन तुलाधार, राष्ट्रिय प्रशिक्षकमा राज श्रेष्ठ तथा ब्यवस्थापकमा श्यामकाजी अवाले छन् । 



 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।