कार्तिक २६, २०८२ बुधबार | २०:४९:१७
ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने

पदक विजेता बक्सिङ खेलाडी सम्मानित

काठमाडौं। नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यू-२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कास्य जितेका थिए । यसैगरी पुरुष ८६ केजीमा विजय बाटाले कास्य हात पारेको थिए ।

सुष्माले २० हजार नगद पुरस्कार पाइन् । सुष्माले जितेको रजत पदक नेपाली बक्सिङको इतिहासमा कुनै पनि नेपाली खेलाडीले एसियाली स्तरमा जितेको सबै भन्दा ठूलो पदक हो । बाँकी कांस्य विजेताले जनही १० हजार नगद पुरस्कार पाए । झापाकी त्रिशा भने कार्यक्रममा उपस्थित थिइनन् ।

सो प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दिप श्रेष्ठ समान पाँच हजार नगदसहित सम्मानित भए भने व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा सहभागी लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनारलाई पनि प्रशंसा पत्रबाट सम्मानित भए ।

सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुर्याएवापत प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तण्डुकार पनि सम्मानित भए ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, बागमती प्रदेशकी सांसद् मिना पराजुली, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घले, नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सो अवसरमा खेलकुद मन्त्री लिम्बूले खेलकुदलाई माथि उठाउन सक्दो र इमानदार प्रयास गर्ने बताए । अध्यक्ष गुरुङले खेलाडीको हौसला अभिबृद्धि गर्न संघले खेलाडीलाई सम्मान गर्दै आएको बताए ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder