चैत्र १३, २०८२ शुक्रबार | ०४:१३:५६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बक्सिङको प्रारम्भिक छनोट सुरु

ललितपुर । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले सोमबार प्रतियोगिताको उद्घाटन गरे ।

पुरुष ५१ केजी तौलसमूहको क्वाटरफाईनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले ४-३ अंकको आधारमा एचटुओका लालप्रसाद उप्रेतीमाथि जित हासिल गरे ।

सोही तौल समूहमा एपिएफका प्रदीप महर्जन पाँचथरका फुङ्लाङ काम्बाङलाई आरएससीका अधारमा तथा बक्समाण्डुका लक्ष्मण राईले रुकुमका जीवन पुन मगरलाई ५-० अंक आधारमा हराए ।

त्यस्तै आर्मीका सुशील थापाले ५-० अंकको आधारमा ललितपुरका खेलाडी चिरिन्जिवी खड्का माथि जित निकाले।

पुरुष ५७ केजीमा बाँकेका खेलाडी ईन्द्र सुनारले केओका आधारमा एपिएफका पुरन राई माथि जित हासिल गरे भने नुवाकोटका निराजन मोक्तानमाथि आरएसी आईको आधारमा आर्मीका खेलाडी पुरन सुनुवारले जित निकाले ।

पुरुष ६३.५ केजीमा प्रहरीका निकेश देशारमाथि आरएससीको आधारमा मकवानपुरका सोहन राईले जित हासिल गरे । सोही  स्पर्धामा ललितपुरका सागर दर्जीमाथि ५-० अंकको आधारमा जिनेक्श बक्सिङ क्लबका मौसम राना मगर विजयी भए भने रामेछापका नेत्र तिरुवामाथि आरएससीको आधारमा एपिएफका सोनाम सार्की विजयी भए ।

पुरुष ७१ केजीमा लुम्बिनीका विकास रानाले ४-३ अंकको आधारमा नक्शाल बक्सिङ क्लबका अस्विन धिरण श्रेष्ठमाथि जित हासिल गरे भने बक्समाण्डुका दावा छिरिङ लामा माथि ४-१ अंकको आधारमा आर्मीका खेलाडी दिपेश लामाले जित हासिल गरेका थिए ।

त्यस्तै स्वीट साईन्स बक्सिङ क्लबका निराजन नेपाली माथि ५-० अंकको आधारमा एपिएफका विक्रम चौधरीले जित हासिल गरे ।

यसैगरी महिला ५० केजीमा आर्मीकी आरती बम्जनमाथि ५-० अंकको आधारमा लुम्बिनीकी माया केसीले जित हासिल गरिन् । स्वीट साईन्सकी रमिसा श्रेष्ठले जेनेक्शकी तेजीमाया गुरुङलाई ५-० अंकको आधारमा हराइन् ।

एचटुओकी अस्मिता दुवालले प्रहरीकी रिता धरलालाई ४-३ अंकको आधारमा पराजित गरिन् ।

छनोट प्रतियोगितामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभाग प्रमुख तथा बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, महासचिव सविन भट्टचार्य, केन्द्रीय सदस्यहरु श्यामकाजी अवाले, मानबहादुर भण्डारी, ओमनारायण श्रेष्ठ, बरिष्ठ बक्सिङ प्रशिक्षक प्रविन तुलाधर लगायतको उपस्थिति थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो