माघ १४, २०८२ बुधबार | १९:१२:२१
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

बक्सिङको प्रारम्भिक छनोट सुरु

ललितपुर । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले सोमबार प्रतियोगिताको उद्घाटन गरे ।

पुरुष ५१ केजी तौलसमूहको क्वाटरफाईनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले ४-३ अंकको आधारमा एचटुओका लालप्रसाद उप्रेतीमाथि जित हासिल गरे ।

सोही तौल समूहमा एपिएफका प्रदीप महर्जन पाँचथरका फुङ्लाङ काम्बाङलाई आरएससीका अधारमा तथा बक्समाण्डुका लक्ष्मण राईले रुकुमका जीवन पुन मगरलाई ५-० अंक आधारमा हराए ।

त्यस्तै आर्मीका सुशील थापाले ५-० अंकको आधारमा ललितपुरका खेलाडी चिरिन्जिवी खड्का माथि जित निकाले।

पुरुष ५७ केजीमा बाँकेका खेलाडी ईन्द्र सुनारले केओका आधारमा एपिएफका पुरन राई माथि जित हासिल गरे भने नुवाकोटका निराजन मोक्तानमाथि आरएसी आईको आधारमा आर्मीका खेलाडी पुरन सुनुवारले जित निकाले ।

पुरुष ६३.५ केजीमा प्रहरीका निकेश देशारमाथि आरएससीको आधारमा मकवानपुरका सोहन राईले जित हासिल गरे । सोही  स्पर्धामा ललितपुरका सागर दर्जीमाथि ५-० अंकको आधारमा जिनेक्श बक्सिङ क्लबका मौसम राना मगर विजयी भए भने रामेछापका नेत्र तिरुवामाथि आरएससीको आधारमा एपिएफका सोनाम सार्की विजयी भए ।

पुरुष ७१ केजीमा लुम्बिनीका विकास रानाले ४-३ अंकको आधारमा नक्शाल बक्सिङ क्लबका अस्विन धिरण श्रेष्ठमाथि जित हासिल गरे भने बक्समाण्डुका दावा छिरिङ लामा माथि ४-१ अंकको आधारमा आर्मीका खेलाडी दिपेश लामाले जित हासिल गरेका थिए ।

त्यस्तै स्वीट साईन्स बक्सिङ क्लबका निराजन नेपाली माथि ५-० अंकको आधारमा एपिएफका विक्रम चौधरीले जित हासिल गरे ।

यसैगरी महिला ५० केजीमा आर्मीकी आरती बम्जनमाथि ५-० अंकको आधारमा लुम्बिनीकी माया केसीले जित हासिल गरिन् । स्वीट साईन्सकी रमिसा श्रेष्ठले जेनेक्शकी तेजीमाया गुरुङलाई ५-० अंकको आधारमा हराइन् ।

एचटुओकी अस्मिता दुवालले प्रहरीकी रिता धरलालाई ४-३ अंकको आधारमा पराजित गरिन् ।

छनोट प्रतियोगितामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभाग प्रमुख तथा बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, महासचिव सविन भट्टचार्य, केन्द्रीय सदस्यहरु श्यामकाजी अवाले, मानबहादुर भण्डारी, ओमनारायण श्रेष्ठ, बरिष्ठ बक्सिङ प्रशिक्षक प्रविन तुलाधर लगायतको उपस्थिति थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।