माघ १५, २०८२ बिहीबार | ०५:४२:३८
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङः भुपेन्द्र र महेन्द्र सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली  नेपाल प्रहरीका भुपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा बुधबार भएको पुरुष ६३ केजी तौल समूहमा भुपेन्द्रले कर्णाली प्रदेशका नेत्रकुमार तिरुवा तथा महेन्द्रले गण्डकी प्रदेशका निश्चल गुरुङलाई पराजित गरे । 

सोही तौलसमूहमा एपिएफका सोनाम सार्कीले कोशी प्रदेशका बलबहादुर पुन तथा बागमती प्रदेशका सागर दर्जीले मधेश प्रदेशका प्रज्ज्वल मगरलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले गण्डकीका समिर थापा, बागमतीका शुलभ मालीले मधेश प्रदेशका आयुशसिंह भण्डारी, सुदूरपश्चिमका रामबहादुर थापाले लुम्बिनीका महशुस बस्नेत तथा कोशीका सुरेन्द्र राईले एपिएफका पुरन राईलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

गणेशमान सिंह फाउन्डेसन अन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिको आयोजनामा जारी  प्रतियोगिताको पुरुष ५१ केजीमा मधेशका लक्ष्मण राईले कर्णालीका जीवनकुमार पुनमाथि जित रच्दै सेमिफाइनलमा स्थान बनाए । पुरुष ७१ केजीमा बागमती दावा छिरिङ लामाले कर्णालीका देवेन्द्र थापालाई पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले एपीएफकी नाङजा बुढा मगर, कर्णालीकी तेजीमाया गुरुङले लुम्बिनीकी सारदा न्यौपाने, मधेशकी अस्मिता दुवालले प्रहरीकी दिवाना शेर्मा र सुदूरपश्चिमकी सोनिया शेट्टीले गण्डकीकी नयरा पुर्जालाई पराजित गरी सेमिफाइनलमा स्थान बनाए   ।

महिला ५४ केजीमा बागमतीकी अन्जनी तेलीले सुदूरपश्चिमकी अस्मिता केसी तथा एपिएफकी सन्जुमाया थिङले कर्णालीकी रोजिना रन्जितकारलाई हराउदै सेमिफाइनलमा पुगे । 

महिला ५७ केजीमा एपीएफकी सर्मिला तामाङले कर्णालीकी सुशिला थापा, प्रहरीकी निशा तामाङले कोशीकी नारिका राई र बागमतीकी पेमा शेर्पाले गण्डकीकी प्रियंका गुरुङको चुनौती पन्छाउँदै सेमिफाइनलमा पुग्न सफल भए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।