चैत्र ६, २०८२ शुक्रबार | ००:२१:०५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङः भुपेन्द्र र महेन्द्र सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली  नेपाल प्रहरीका भुपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा बुधबार भएको पुरुष ६३ केजी तौल समूहमा भुपेन्द्रले कर्णाली प्रदेशका नेत्रकुमार तिरुवा तथा महेन्द्रले गण्डकी प्रदेशका निश्चल गुरुङलाई पराजित गरे । 

सोही तौलसमूहमा एपिएफका सोनाम सार्कीले कोशी प्रदेशका बलबहादुर पुन तथा बागमती प्रदेशका सागर दर्जीले मधेश प्रदेशका प्रज्ज्वल मगरलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले गण्डकीका समिर थापा, बागमतीका शुलभ मालीले मधेश प्रदेशका आयुशसिंह भण्डारी, सुदूरपश्चिमका रामबहादुर थापाले लुम्बिनीका महशुस बस्नेत तथा कोशीका सुरेन्द्र राईले एपिएफका पुरन राईलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

गणेशमान सिंह फाउन्डेसन अन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिको आयोजनामा जारी  प्रतियोगिताको पुरुष ५१ केजीमा मधेशका लक्ष्मण राईले कर्णालीका जीवनकुमार पुनमाथि जित रच्दै सेमिफाइनलमा स्थान बनाए । पुरुष ७१ केजीमा बागमती दावा छिरिङ लामाले कर्णालीका देवेन्द्र थापालाई पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले एपीएफकी नाङजा बुढा मगर, कर्णालीकी तेजीमाया गुरुङले लुम्बिनीकी सारदा न्यौपाने, मधेशकी अस्मिता दुवालले प्रहरीकी दिवाना शेर्मा र सुदूरपश्चिमकी सोनिया शेट्टीले गण्डकीकी नयरा पुर्जालाई पराजित गरी सेमिफाइनलमा स्थान बनाए   ।

महिला ५४ केजीमा बागमतीकी अन्जनी तेलीले सुदूरपश्चिमकी अस्मिता केसी तथा एपिएफकी सन्जुमाया थिङले कर्णालीकी रोजिना रन्जितकारलाई हराउदै सेमिफाइनलमा पुगे । 

महिला ५७ केजीमा एपीएफकी सर्मिला तामाङले कर्णालीकी सुशिला थापा, प्रहरीकी निशा तामाङले कोशीकी नारिका राई र बागमतीकी पेमा शेर्पाले गण्डकीकी प्रियंका गुरुङको चुनौती पन्छाउँदै सेमिफाइनलमा पुग्न सफल भए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो