चैत्र ७, २०८२ शनिबार | २१:४१:४९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सिफन हसनको नाममा १० हजार मिटरको नयाँ विश्‍व कीर्तिमान

एम्स्टरडम, (खेलाडी)- सिफन हसनले महिला १० हजार मिटर दौडमा विश्‍व कीर्तिमान बनाएको दुई दिन वित्‍न नपाउँदै इथोपियाकी लेटसेनबेट गिडीले नयाँ कीर्तिमान कायम गरेकी छिन् । गिडीले नेदरल्यान्ड्सको हेङ्गेलो शहरमा सम्पन्‍न इथोपियन ट्रेलमा २९ मिनेट ०१.०३ सेकेन्डमा दुरी पार गर्दै विश्‍व कीर्तिमान बनाएकी हुन् । 

गिडीको नाममा ५ हजार मिटर दौडमा पनि विश्‍व कीर्तिमान छ । उनले गत वर्ष ५ हजार मिटरको दुरी १४ मिनेट ०६.६२ सेकेन्डमा पार गर्दै कीर्तिमान बनाएकी थिइन् । इनग्रिड क्रिष्‍टियनसेनपछि २३ वर्षिया गिडी ५ हजार र १० हजार मिटर दौडमा विश्‍व कीर्तिमान बनाउने पहिलो महिला खेलाडी हुन् । क्रिष्‍टियनसेनले १९८६ र १९९३ मा उक्त कीर्तिमान बनाएकी थिइन् । 

हेङ्गेलोको सोही ट्रयाकमा नेदरल्यान्ड्सकी हसनले दुई दिनअघि मात्र विश्‍व कीर्तिमान बनाएकी थिइन् । तर उनको कीर्तिमन ४८ घण्टा पनि टिक्न सकेन । हसनले वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा २९ मिनेट ०६.८२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी थिइन् । हसनले इथोपियाकी अल्माज आयनाले रियो ओलम्पिकमा बनाएको कीर्तिमान भड्ग गरेकी थिइन्। आयनाले २०१६ को ओपम्पिकमा २९ मिनेट १७.४५ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान कायम गरेकी थिइन् । 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो