माघ १७, २०८२ शनिबार | ०६:२३:२३
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

काठमाडौं म्याराथन शनिबार

काठमाडौं । एनआरएन स्पोर्टस फाउन्डेसनको आयोजनामा शनिबार हुने १४औं काठमाडौं म्याराथनको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

डेढ दशकभन्दा लामो समयदेखि निरन्तर रुपमा भइरहेको प्रतियोगिता कोभिड १९ को विश्वव्यापी महामारीका कारण पछिल्ला दुई वर्ष हुन सकेको थिएन ।

एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रनिङ (एआइएमएस) का आधिकारिक प्रतिनिधि आमिर स्यान्डिवनले त्रिपुरेश्वरबाट सुरु भएर त्यहीं टुंगिने म्याराथनका लागि काठमाडौं, भक्तपुर र ललितपुरको बाटो नापिसकेका छन् । दौडमा पुरुष र महिला दुवैको म्याराथन र हाफ म्याराथन समावेश छ । म्याराथनमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै हाफ म्याराथनमा विजेताले ५०, दोस्रो हुनेले २५ र तेस्रो हुनेले १० हजार रुपैंया जित्ने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा पाँच किलोमिरटको दौड पनि राखिएको छ र यसमा खुल्ला, १० कक्षासम्मका विद्यार्थी तथा ४५ वर्ष माथिको मास्टर्स गरेर तीन विधामा प्रतिस्पर्धा हुनेछ । खुल्ला र विद्यार्थी विधामा विजेताले १०, दोस्रो हुनेले ५ र तेस्रो हुनेले ३ हजार रुपैयाँ हात पार्ने छन् । मास्टर्सतर्फ शीर्ष तीन स्थानमा आउनेले ५ हजार, ३ हजार र २ हजार रुपैयाँ जित्ने छन् ।

प्रतिस्पर्धामा ३ किलोमिटर ह्विलचेयर, ३ किलोमिटर फेमिली रन र ३ किलोमिटर आमन्त्रण सेलेब्रेटी रन पनि राखिएको छ । त्यसमध्ये ह्विलचेयरमा विजेताले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ हात पार्नेछन् । फेमिली रनमा अभिभावकले आप्mना छोरा छोरीको हात समातेर भाग लिनेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।