माघ १९, २०८२ सोमबार | ०२:३५:२८
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

४४औं राष्ट्रिय एथ्लेटिक्सः आर्मी टिम च्याम्पियन

काठमाडौं । नेपाल आर्मी ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । आर्मी १८ स्वर्ण, १२ रजत र पाँच कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको हो ।

नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपिएफ क्लब नौ स्वर्ण, ६ रजत र आठ कांस्य पदक साथ दोश्रो भयो ।

तेश्रो स्थानको बाग्मती प्रदेशले तीन स्वर्ण, दुई रजत र ६ कांस्य हात पार्यो ।

३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी दुई स्वर्ण नेपाल पुलिस क्लबले जित्यो । पुलिसले तीन रजत र चार कांस्य पनि हासिल ग¥यो । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे ।

प्रतियोगिताको पुरुषमा एपिएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित भए ।

शिवराजले तीन स्वर्ण र एक रजत पदक जिते । जयरानीले २ कीर्तिमानीसहित चार स्वर्ण पदक कब्जा  गरिन् । जयरानीको नाममा थप एक रजत पनि रह्यो । जयरानीले १०० र ४०० मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन् ।

प्रतियोगितामा कुल तीन राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान आर्मीका जीवन थारुले पुरुष ११० मिटर हर्डल्समा बनाएका थिए । जीवनले एक कीर्तिमानीसहित दुई स्वर्ण र दुई रजत पदक हात पारे । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा दुई सय ४० खेलाडीको सहभागिता रहेको आयोजक संघका सचिव आरके विष्टले जानकारी दिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।