चैत्र १६, २०८२ सोमबार | १८:२५:४१
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

मुकेश र सन्तोषी पहिलो

काठमाडाैं । मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ  पहिलो भएका छन् ।

शनिबार पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे । गजेन्द्र राई (१५ मिनेट ४०.४० सेकेन्ड) दोश्रो तथा श्रीकास राई (१५ मिनेट ४३.०९ सेकेन्ड) तेश्रो भए । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३.५९ सेकेन्ड समय खर्चिन् । १३ औं सागकी रजत पदक विजेता पुष्पा भण्डारी (१८ मिनेट ४२.४५ सेकेन्ड) ले रजत तथा निर्मला केसी (१९ मिनेट ४४.४३ सेकेन्ड) ले कांस्य पदक जिते ।

खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार प्राप्त गरे ।

रन क्लब नेपाल र नेपाल खेलकुद महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको स्कुलतर्फ छात्रमा विश्वराम कुँवर पहिलो भए । उनको निर्धारित दूरी १७ मिनेट ०९.०७ सेकेन्डमा पूरा गरे। 

यस्तै, इश्वरचन्द्र बस्नेत (१७ मिनेट २३.१६ सेकेन्ड) दोश्रो तथा विकेश घिमिरे (१७ मिनेट २८.०८ सेकेन्ड तेश्रो बने । छात्रामा निर्धारित लक्ष्य २० मिनेट ३५ सेकेन्डमा पूरा गर्दै सरस्वती बोहरा शीर्ष स्थानमा रहिन् । सोनु घतानी (२१ मिनेट ५६.३० सेकेन्ड) दोश्रो तथा अन्जु खड्का (२२ मिनेट ५८ सेकेन्ड) तेश्रो भए । 

छात्र/छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार पाए ।

दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो । दौडमा २ सय ५० प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ ।

विजेतालाई पूर्व मन्त्री भानुभक्त ढकाल, नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत, रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा पूर्व धावक ओलम्पियन मुकुन्दहरि श्रेष्ठ र करातेका ओमकृष्ण प्रसाईंलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो