चैत्र १०, २०८२ मंगलबार | १९:११:२३
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

चार सय मिटरमा गार्डिनरलाई स्वर्ण

टोकियो, साउन २१ (एएफपी)– जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत ४ सय मिटर दौडमा बिहीबार बहमासका स्टेभन गार्डिनरले स्वर्ण पदक जितेका छन् । 

रियो ओलम्पकमा दोस्रो भएका गार्डिनरले निर्धारित दूरी ४३.८५ सेकेन्डमा पूरा गर्दै जारी टोकियो ओलम्पिकमा बहमासका लागि पहिलो स्वर्ण पदक दिलाएका हुन् । रजत पदक जितेका कोलम्बियाका एन्थोनी जाम्ब्रानोलाई पछाडि पार्दै २५ वर्षे गार्डिनरले जारी ओलम्पिकमा देशका लागि कीर्तिमान रचेका हुन् ।

कोलम्बियाका एन्थोनीले निर्धारित दूरी ४४.०८ सेकेन्डमा पूरा गर्दा कांस्य पदकमा चित्त बुझाएका किरानी जेम्सले निर्धारित दूरी ४४.१९ सेकेन्डमा पूरा गरेका थिए । कांस्य पदकमा चित्त बुझाएका ग्रानाडाका किरानी जेम्सले २०१२ मा स्वर्ण  र २०१६ मा कांस्य पदक जितेका थिए । देशका लागि जारी ओलम्पिकमा पहिलो स्वर्ण पकद जितेका गार्डिनरले निर्धारित दूरी पार गरेको ठूलो स्क्रिनमा देख्दा अद्भुत खुसी लागेको  बताए ।

‘दौडका लागि बन्दुक पड्काउँदा म केही ढिला भएको थिएँ । तर पुनरागमन गर्न सफल भएँ । २ सय मिटर बाँकी रहँदा दौडको पेस बढाएँ र सफल भएँ,’ गार्डिनरले भने, ‘रेखा पार गरिसकेपछि मेरो नाम ठूलो पर्दाको शीर्ष स्थानमा देख्दा खुसीको सीमा नै रहेन ।’

बिहीबार ४ सय मिटरमा स्वर्ण पदक जितेका गार्डिनर यससँगै लगातारका चार विभिन्न प्रतियोगितामा पदक जित्ने खेलाडी भएका छन् । २०१७ मा वल्र्ड रिलेमा पहिलो भएका गार्डिनर सोही वर्ष भएको वल्र्ड च्याम्पियनसिपमा दोस्रो भएका थिए । दुई वर्षपछि कतारमा भएको वल्र्ड च्याम्पियनसिपमा पहिलो भएका उनले ओलम्पिकमा पनि पदक जितेका हुन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो