माघ १५, २०८२ बिहीबार | १६:०५:४९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

चार सय मिटरमा गार्डिनरलाई स्वर्ण

टोकियो, साउन २१ (एएफपी)– जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत ४ सय मिटर दौडमा बिहीबार बहमासका स्टेभन गार्डिनरले स्वर्ण पदक जितेका छन् । 

रियो ओलम्पकमा दोस्रो भएका गार्डिनरले निर्धारित दूरी ४३.८५ सेकेन्डमा पूरा गर्दै जारी टोकियो ओलम्पिकमा बहमासका लागि पहिलो स्वर्ण पदक दिलाएका हुन् । रजत पदक जितेका कोलम्बियाका एन्थोनी जाम्ब्रानोलाई पछाडि पार्दै २५ वर्षे गार्डिनरले जारी ओलम्पिकमा देशका लागि कीर्तिमान रचेका हुन् ।

कोलम्बियाका एन्थोनीले निर्धारित दूरी ४४.०८ सेकेन्डमा पूरा गर्दा कांस्य पदकमा चित्त बुझाएका किरानी जेम्सले निर्धारित दूरी ४४.१९ सेकेन्डमा पूरा गरेका थिए । कांस्य पदकमा चित्त बुझाएका ग्रानाडाका किरानी जेम्सले २०१२ मा स्वर्ण  र २०१६ मा कांस्य पदक जितेका थिए । देशका लागि जारी ओलम्पिकमा पहिलो स्वर्ण पकद जितेका गार्डिनरले निर्धारित दूरी पार गरेको ठूलो स्क्रिनमा देख्दा अद्भुत खुसी लागेको  बताए ।

‘दौडका लागि बन्दुक पड्काउँदा म केही ढिला भएको थिएँ । तर पुनरागमन गर्न सफल भएँ । २ सय मिटर बाँकी रहँदा दौडको पेस बढाएँ र सफल भएँ,’ गार्डिनरले भने, ‘रेखा पार गरिसकेपछि मेरो नाम ठूलो पर्दाको शीर्ष स्थानमा देख्दा खुसीको सीमा नै रहेन ।’

बिहीबार ४ सय मिटरमा स्वर्ण पदक जितेका गार्डिनर यससँगै लगातारका चार विभिन्न प्रतियोगितामा पदक जित्ने खेलाडी भएका छन् । २०१७ मा वल्र्ड रिलेमा पहिलो भएका गार्डिनर सोही वर्ष भएको वल्र्ड च्याम्पियनसिपमा दोस्रो भएका थिए । दुई वर्षपछि कतारमा भएको वल्र्ड च्याम्पियनसिपमा पहिलो भएका उनले ओलम्पिकमा पनि पदक जितेका हुन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।