चैत्र १२, २०८२ बिहीबार | १५:१९:०४
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

पिपल्स च्वाइस मनोनयनमा 'गोल्डेन गर्ल' सन्तोषी

काठमाडौं । पछिल्लो समय नेपाली एथ्लेटिक्सकी गोल्डने गर्लको उपमा पाएकी सन्तोषी श्रेष्ठ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बजाज पल्सर स्पोर्ट्स अवार्डको सर्वाधिक चर्चित विधा पिपल च्वाइसको मनोनयनमा परेकी छन् ।

‘खेलाडीको मनोबल उच्च राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद,’ मनोनयनमा परेपछि खुशी व्यक्त गर्दै उनले भनिन्, ‘गत वर्ष मैले आयसा (शाक्य) दिदीसँग ‘स्पेसल–अवार्ड’ सेयर गर्न पाएकी थिएँ, छुट्टै ऊर्जा मिलेको थियो ।’

प्रतिस्पर्धा गर्दा र ट्रेनिङ राम्रो हुँदा यसरी उच्च हुने मनोबल विशेष प्रकारको हुने उनले बताइन् ।

‘राष्ट्रले गर्नुपर्ने कार्यको भार एनएसजेएफले बोकिदिनु भएको छ, सबै खेलाडीको तर्फबाट धन्यवाद,’ सन्तोषीले भनिन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) १० हजार मिटर दौडमा स्वर्ण पदक जितेपछि सन्तोषी श्रेष्ठले २०७८ सालको प्रधानसेनापति हाफ म्याराथनसँग सहभागिता जनाएको नौ वटै प्रतियोगितामा स्वर्ण जितेकी छिन् ।

मध्यम दुरीकी अब्बल धाविका सन्तोषीले २०७८ सालमा नेपालगञ्ज हाफ म्याराथनमा स्वर्ण पदक जितिन् । उनले सो दुरी १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन । उनी २०७७ साल फागुनमा गोल्डेन स्प्रिन्ट मिटमा पनि उत्कृष्ट खेलाडी चुनिएकी थिइन् ।

सन्तोषी गणेशमान सिंह स्मृति १० किलोमिटर रोड रेसमा गत वर्षकी च्याम्पियन हुन् । उनले सो रेसमा ३७ मिनेट ५३ः४४ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन् । यिनै प्रदर्शनबाट नेपाली खेलकुद समर्थकबीच लोकप्रियता थप उचाईमा पुर्याएकी सन्तोषी आइतबार घोषित पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी छिन् ।

नेपाली मञ्चले चैत ८ गते आयोजना गर्न लागेको अवार्डको पब्लिक भोटिङका लागि मनोनयन आइबार सार्वजनिक गरिएको हो ।

मञ्चले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको मनोनयमा एथ्लेटिक्सकी सन्तोषीसँगै फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् । खेल पत्रकार, विभिन्न खेल संघका प्रशिक्षक र पब्लिकको भोटका आधारमा विजेताको टुङ्गो लाग्ने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो