माघ १६, २०८२ शुक्रबार | २३:५३:२०
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

पिपल्स च्वाइस मनोनयनमा 'गोल्डेन गर्ल' सन्तोषी

काठमाडौं । पछिल्लो समय नेपाली एथ्लेटिक्सकी गोल्डने गर्लको उपमा पाएकी सन्तोषी श्रेष्ठ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बजाज पल्सर स्पोर्ट्स अवार्डको सर्वाधिक चर्चित विधा पिपल च्वाइसको मनोनयनमा परेकी छन् ।

‘खेलाडीको मनोबल उच्च राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद,’ मनोनयनमा परेपछि खुशी व्यक्त गर्दै उनले भनिन्, ‘गत वर्ष मैले आयसा (शाक्य) दिदीसँग ‘स्पेसल–अवार्ड’ सेयर गर्न पाएकी थिएँ, छुट्टै ऊर्जा मिलेको थियो ।’

प्रतिस्पर्धा गर्दा र ट्रेनिङ राम्रो हुँदा यसरी उच्च हुने मनोबल विशेष प्रकारको हुने उनले बताइन् ।

‘राष्ट्रले गर्नुपर्ने कार्यको भार एनएसजेएफले बोकिदिनु भएको छ, सबै खेलाडीको तर्फबाट धन्यवाद,’ सन्तोषीले भनिन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) १० हजार मिटर दौडमा स्वर्ण पदक जितेपछि सन्तोषी श्रेष्ठले २०७८ सालको प्रधानसेनापति हाफ म्याराथनसँग सहभागिता जनाएको नौ वटै प्रतियोगितामा स्वर्ण जितेकी छिन् ।

मध्यम दुरीकी अब्बल धाविका सन्तोषीले २०७८ सालमा नेपालगञ्ज हाफ म्याराथनमा स्वर्ण पदक जितिन् । उनले सो दुरी १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन । उनी २०७७ साल फागुनमा गोल्डेन स्प्रिन्ट मिटमा पनि उत्कृष्ट खेलाडी चुनिएकी थिइन् ।

सन्तोषी गणेशमान सिंह स्मृति १० किलोमिटर रोड रेसमा गत वर्षकी च्याम्पियन हुन् । उनले सो रेसमा ३७ मिनेट ५३ः४४ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन् । यिनै प्रदर्शनबाट नेपाली खेलकुद समर्थकबीच लोकप्रियता थप उचाईमा पुर्याएकी सन्तोषी आइतबार घोषित पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी छिन् ।

नेपाली मञ्चले चैत ८ गते आयोजना गर्न लागेको अवार्डको पब्लिक भोटिङका लागि मनोनयन आइबार सार्वजनिक गरिएको हो ।

मञ्चले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको मनोनयमा एथ्लेटिक्सकी सन्तोषीसँगै फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् । खेल पत्रकार, विभिन्न खेल संघका प्रशिक्षक र पब्लिकको भोटका आधारमा विजेताको टुङ्गो लाग्ने छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।