माघ १७, २०८२ शनिबार | ०८:१८:२६
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

साग विजेता एथ्लेटिक्स खेलाडी संघबाट पुरस्कृत

काठमाडौं, (खेलाडी)- नेपाल एथलेटिक्स संघले दुई वर्षअघि नेपालमै सम्पन्‍न १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता आफ्ना खेलाडीलाई सोमबार नगद पुरस्कार प्रदान गरेको छ ।

संघले सोमबार १३औं सागमा एथलेटिक्सबाट पदक जित्‍ने आठ नेपाली खेलाडीलाई पुरस्कृत गरेको हो । एथलेटिक्स संघले १३औं सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गर्‍यो । 

उनीहरूलाई राष्‍ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र पूर्वसभासद कल्पना चौधरी (बस्‍नेत) ले पुरस्कार प्रदान गरेका थिए ।

दुई वर्षअघि नेपालमा सम्पन्‍न १३औं सागमा नेपालले एथलेटिक्समा तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जितेको थियो । 

सन्तोषी श्रेष्‍ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले पाँच हजार मिटर र किरणसिंह बोगटीले म्याराथनमा स्वर्ण पदक जित्दा पुष्पा भण्डारीले महिलातर्फको म्याराथनमा रजत पदक जितेकी थिइन् । यसै गरी सोमबहादुर कुमालले आठ सय मिटर, टंक कार्कीले १ हजार ५ सय मिटर, हरिकुमार रिमालले पाँच हजार मिटर र दीपक अधिकारीले १० हजार मिटर दौडमा कांस्य पदक जितेका थिए । 

सोही कार्यक्रममा अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने अजितकुमार यादवलाई पनि बिदाइ गरिएको थियो ।

यादवले १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । यसै गरी केन्याको नौरबीमा आयोजना हुने वर्ल्ड यु-२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा पनि अजितले सहभागिता जनाउनेछन् । उनले तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । अजितले सन् २०१८ मा हङकङमा सम्पन्‍न एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपको म्याराथनमा स्वर्ण पदक जितेका थिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।