चैत्र ११, २०८२ बुधबार | ००:४७:३२
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको तयारी पूरा

लुम्बिनी । रुपन्देहीमा हुने लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत  प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।

लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रुपमा विकास गर्दै शान्तिको सन्देश दिने उद्देश्यसहित बुद्ध जन्मस्थलमा कार्यक्रम हुन लागेको हो ।  नेपाल ओलम्पिक  कमिटी, लुम्बिनी प्रदेश खेलकुद परिषद, लुम्बिनी बिकास कोष र नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास आयोजकका रुपमा छन् ।

यो कार्यक्रमले लुम्बिनीको महत्वलाई विश्वमाझ अझै परिचित बनाउन योगदान दिने विश्वास आयोजकको छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्कवायरबाट सुरु भै पुनः त्यही आएर टुंगिने गरी रुट बनाईएको र अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरी म्याराथनको ४२.१९५ मिटर दुरी मापन समेत भएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए ।

सचिव भट्टराईका अनुसार पुरुषतर्फको म्याराथनमा प्रथम हुनेले ५ लाख, दोश्रोले ३ लाख रुपैया, तेश्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी चौथो देखि १०औं स्थानमा रहनेले क्रमशः १ लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार पाउनेछन् ।

त्यसै गरी महिला तर्फको हाफ म्याराथन(२१.०९७५ मिटर)मा प्रथम हुनेले २ लाख, दोश्रोले १ लाख ६० हजार तथा तेश्रो हुनेले १ लाख २० हजार रुपैया  पाउने छन् । त्यसै गरी ५ किमीको महिला पुरुषको दौड र विद्यालयका छात्र, छात्राको लागि ३ किलोमिटरको वाकाथन समेत आयोजना हुनेछ । ५ किमी र ३ किमी दुबै स्पर्धाका बिजेताले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित चीन, पाकिस्तान, श्रीलंका, केन्या लगायत देशका धावकहरु सहभागी हुने आयोजकले बताएको छ ।

लुम्बिनी विकास कोषको परिसरमा हुने कार्यक्रम अन्तर्गत चैत २३ गते बिहान लुम्बिनी पवित्र उद्यानमा अन्तर्राष्ट्रिय ध्यान र साँझ संवाद कार्यक्रम राखिएको नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणिराम लामिछानेले जानकारी दिए ।

चैत २४ गते लुम्बिनी स्क्वायरमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ । उसै दिन साँझ लुम्बिनी शान्ति कन्सर्ट आयोजना गरिएको छ । जसमा आनी छोइङ डोल्मा, चिनियाँ गायक उलान तुया, लु निङ लगायतले प्रस्तुति दिनेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो