माघ १७, २०८२ शनिबार | १४:१६:१६
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको तयारी पूरा

लुम्बिनी । रुपन्देहीमा हुने लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत  प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।

लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रुपमा विकास गर्दै शान्तिको सन्देश दिने उद्देश्यसहित बुद्ध जन्मस्थलमा कार्यक्रम हुन लागेको हो ।  नेपाल ओलम्पिक  कमिटी, लुम्बिनी प्रदेश खेलकुद परिषद, लुम्बिनी बिकास कोष र नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास आयोजकका रुपमा छन् ।

यो कार्यक्रमले लुम्बिनीको महत्वलाई विश्वमाझ अझै परिचित बनाउन योगदान दिने विश्वास आयोजकको छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्कवायरबाट सुरु भै पुनः त्यही आएर टुंगिने गरी रुट बनाईएको र अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरी म्याराथनको ४२.१९५ मिटर दुरी मापन समेत भएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए ।

सचिव भट्टराईका अनुसार पुरुषतर्फको म्याराथनमा प्रथम हुनेले ५ लाख, दोश्रोले ३ लाख रुपैया, तेश्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी चौथो देखि १०औं स्थानमा रहनेले क्रमशः १ लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार पाउनेछन् ।

त्यसै गरी महिला तर्फको हाफ म्याराथन(२१.०९७५ मिटर)मा प्रथम हुनेले २ लाख, दोश्रोले १ लाख ६० हजार तथा तेश्रो हुनेले १ लाख २० हजार रुपैया  पाउने छन् । त्यसै गरी ५ किमीको महिला पुरुषको दौड र विद्यालयका छात्र, छात्राको लागि ३ किलोमिटरको वाकाथन समेत आयोजना हुनेछ । ५ किमी र ३ किमी दुबै स्पर्धाका बिजेताले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित चीन, पाकिस्तान, श्रीलंका, केन्या लगायत देशका धावकहरु सहभागी हुने आयोजकले बताएको छ ।

लुम्बिनी विकास कोषको परिसरमा हुने कार्यक्रम अन्तर्गत चैत २३ गते बिहान लुम्बिनी पवित्र उद्यानमा अन्तर्राष्ट्रिय ध्यान र साँझ संवाद कार्यक्रम राखिएको नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणिराम लामिछानेले जानकारी दिए ।

चैत २४ गते लुम्बिनी स्क्वायरमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ । उसै दिन साँझ लुम्बिनी शान्ति कन्सर्ट आयोजना गरिएको छ । जसमा आनी छोइङ डोल्मा, चिनियाँ गायक उलान तुया, लु निङ लगायतले प्रस्तुति दिनेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।