काठमाडौं । ओलम्पिक च्याम्पियन भारतीय खेलाडी निरज चोपराले हंगेरीको बुढापेस्टमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपको पुरुष ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका छन् ।
निरजले पाकिस्तानका अर्शद नदिम र चेक रिपब्लिकका जाकुब भाडलेचलाई पछि पारेका हुन् ।
निरजले ८८.१७ मिटर थ्रो गरेका थिए । जारी विश्व च्याम्पियनसिपमा भारतको यो पहिलो पदक हो । गत वर्ष भएको विश्व च्याम्पियनसिपमा निरजले रजत पदक हात पारेका थिए ।
अर्शदले ८७.८२ मिटर थ्रो गरेर रजत तथा जाकुबले ८६.६७ मिटर थ्रो गर्दै कास्य पदक जिते ।
यसैगरी महिला ज्याभलिन थ्रोमा जापानी हारुका किटागुचीले ६६.७३ मिटरका साथ स्वर्ण जितेकी छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
