वैशाख २८, २०८२ आइतबार | १३:२७:५५
अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा

एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभरबीच सहकार्य

काठमाडौं । नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न एनआरएस स्पोर्टस फाउन्डेसनले इनड्राइभसँग सहकार्य गर्ने भएको छ ।

फाउन्डेसनले इनड्राइभको सहकार्यमा नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्न नयाँ कार्यक्रम ल्याउन लागेको हो ।

कार्यक्रम अन्तर्गत फाउन्डेसनले जुलाई १२ देखि १२ वर्षमुनिका खेलाडीलाई प्रशिक्षण प्रदान गर्दैछ ।

फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नेपालमा खेलकुदको प्रवर्द्धनका लागि एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभबीचको सहकार्य कोशे ढुंगाको रुपमा स्थापित हुने विश्वास लिएको बताए ।

यो सहकार्यको उद्देश्य खेलकुदप्रति रूचि राख्ने सबै उमेर समूह तथास्वास्थ्य र तन्दुरुस्तिमा जागरुक व्यक्तिदेखि व्यवसायिक धावक र नवप्रवेशीलाई एकैथलोमा ल्याउने हुनेछ । प्रशिक्षण कार्यक्रम काठमाडौ उपत्यका नजिकका सहरमा आयोजना हुनेछ । जसमा काठमाडौंसँगै पाटन, भक्तपुर, थिमि, कीर्तिपुर, हेटौंडा, बुटवल र पोखरा छन् । भविष्यमा यसलाइै अझ विस्तार गरिने फाउन्डेसनले जनाएको छ ।

‘यो कार्यक्रम सञ्चालन गर्न र नेपालमा दौड संस्कृतिलाई प्रवद्धर्न गर्ने कार्यमा सहभागी हुन पाउँदा खुसी छौं । प्रशिक्षण र यसका लागि चाहिने सहयोग उपलब्ध गराउन सक्ने हो भने हामीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिधित्व गर्न योग्य धावको खोजी गर्न सक्छौं,’ अध्यक्ष श्रेष्ठले भने ।

कार्यक्रम अनभुवी प्रशिक्षकबाट सञ्चालन गरिनेछ । यि प्रशिक्षकले दौड, इन्डुरेन्स ट्रेनिङ तथा सम्भावित चोटबाट कसरी बच्ने जस्ता विषयमा  प्रशिक्षण  दिने छन् । यसबाट  प्रशिक्षार्थीलाई आफ्नो सिप तिखार्न, स्टामिना बढाउन र समग्रमा प्रदर्शन उच्च पार्न मदत मिल्ने फाउन्डेसनकाे विश्वास छ । 

यसैगरी फाउन्डेसनले  कार्यक्रममा सहकार्य गरेको इनड्राइभलाई आभार व्यक्त गरेको छ ।

सम्झौता अनुसार इनड्राइभले  पहुँचबाट बाहिर रहेका तीन सय धावकलाई काठमाडौं म्याराथनमा सहभागी हुन मदत गर्नेछ । काठमाडौं म्याराथन सन् २०२३ को अक्टोबरमा हुँदैछ ।

एनआरएस स्पोर्टस फाउन्डेसनले नेपालमा खेलकुदका विभिन्न गतिविधिको आयोजना तथा व्यवस्थापन गर्दै आएको छ। फाउन्डेसनको मुख्य उद्देश्य नेपालमा खेलकुदको प्रवर्द्धन र प्रतिभाशाली खेलाडीको विकासमा टेवा पुर्याउनु हो ।

यसका साथै संस्थाले खेलाडीलाई पूर्ण क्षमतामा प्रदर्शन गर्न प्रशिक्षण, समर्थन र सहयोग गर्दै आएको छ । यस्तै यस संस्थाले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन मदत गर्दै आएको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित माउन्ट भ्युमा मुख्य कार्यालय रहेको इन ड्राइभ एक ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म हो ।

इन ड्राइभ ४७ देशका ६ सय ५५ सहरमा कार्यरत छ । संस्थाले इन भिजन कार्यक्रम अन्तर्गत खेलकुद शिक्षा, खेलकुद प्रतियोगिता, कला, विज्ञान, लैगिक समानता लगायतका कार्यक्रममा सहकार्य गर्दै आएको छ । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP