चैत्र ८, २०८२ आइतबार | ०३:३६:१७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

दुई सय मिटर दौडमा मकवानपुरका दिना र जिकेशलाई स्वर्ण

एथलेटिक्सको दुई सय मिटर दौडमा पहिलो भएका जिकेश सापकोटा (दायाँबाट पहिलो)।

हेटौंडा । मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले दोश्रो बागमती प्रदेश खेलकुद अन्तर्गत एथलेटिक्स दुई मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

हेटौंडास्थित पिप्ले काम्पा रंगशालामा मंगलबार दिनाले महिला र जिकेशले पुरुषतर्फ स्वर्ण जितेका हुन् । निर्धारित दुरी पूरा गर्न दिनाले २९.३७ सेकेन्ड तथा जिकेशले २४.६० सेकेन्ड लगाए ।

महिलामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कांस्य पदक प्राप्त गरे । पुरुषतर्फ मकवानपुरकै सुजन राईले रजत र चितवनका शेखर उप्रेतीले कास्य पदक जिते ।

महिला आठ मिटर दौडमा दुई मिनेट ४० सेकेन्डको समय निकाल्दै ललितपुरकी रजिना दुलालले स्वर्ण जितिन् । आस्था राईले रजत र रामेछापकी भगवती खड्काले का स्य पदक हात पारे ।

यसै विधाको पुरुषमा दुई मिनेट आठ सेकेन्डको समय निकालदै चितवनका अृमत बोटले स्वर्ण हासिल गरे । सिन्धुपाल्चोकका टीकाराम लोप्चन रजत र नुवाकोटका दिनेश राई कास्य पदक जित्न सफल भए ।

पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिगमार सिंहले १८ मिनेट नौ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते ।  काठमाडौंका धर्म महर्जन र सिन्धुपाल्चोकै विश्वराम कुँवरले क्रमशः रजत र कास्य पदक हात पारे ।

यसै विधाको महिलामा पनि सिन्धुपाल्चोककै निनु तामाङले स्वर्ण जित्ने क्रममा २१ मिनेट आठ सेकेन्डको समय निकालिन। दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कास्य जिते ।

महिला लङजम्पमा चितवनकी प्रनिशा महतोले स्वर्ण जितिन् । उनी ४.८३ मिटर पर उफ्रिन् । चितवनकै आसिका गुरुङले रजत र दोलखाकी रोजिना कार्कीले कास्य पदक जिते ।

पुरुषको लङजम्पमा चितवनका सुजितकुमार महतोले स्वर्ण पदक जित्ने क्रममा ६.३४ मिटर पर उफ्रिए । चितवनकै सुदीप महतोले रजत र दोलखाका सुदीप मिजारले कास्य  आत पारे ।

पुरुषको सटसुटमा चितवनका ललित राउतले १२.७८ मिटर पर फ्याक्दै स्वर्ण पदक जिते । रामेछापका प्रचन्ड ढुंगेल रजत र चितवनका दीपेश महतो कास्य पदक जित्न सफल भए ।

महिलाकै सटपुटमा चितवनकै अप्सरा श्रेष्ठले स्वर्ण जितिन् । उनले ८.८३ मिटर पर फ्याकिन् । सिन्धुलीकी प्रमिला माझीले रजत र रामेछापकी अनिता कार्कीले कास्य पदक जिते ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो