चैत्र ८, २०८२ आइतबार | १२:४७:५७
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

नयाँ कोर्ष रेकर्डसहित राजपुरालाई स्वर्ण

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबकी राजपुरा पछाइले नयाँ कोर्ष रेकर्डसहित चौथो वीर गणेशमान सिंह १० के रोड रेसमा स्वर्ण पदक जितेकी छन् ।

राजपुराले शनिबार सम्पन्न दौडमा महिलातर्फ स्वर्ण जित्ने क्रममा निर्धारित दुरी ३६ मिनेट ४३.२ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्ष रेकर्ड कायम गरिन् । 

 राजपुराले आफ्नै नाममा रहेकाे ३७ मिनेट १०.५ सेकेन्डको कोर्ष रेकर्ड सुधार गरेकी हुन् ।  त्यतीबेला उनले सन्ताेषी श्रेष्ठकाे नाममा रहेकाे ३७ मिनेट ५३.५४ सेकेन्डको कोर्ष रेकर्ड  ताेडेकी थिइन् ।

पुलिसकै राममाया बुढा ३७ मिनेट ५४.१५ सेकेन्डका साथ दाेस्राे तथा एपिएफकी पुष्पा भण्डारी ३८ मिनेट २६.०३ सेकेन्डकाे समय निकाल्दै तेस्राे स्थानमा रहे ।   

आर्मीकी पूर्णलक्ष्मी न्यौपाने चौंथो र एपिएफकी विन्द्र श्रेष्ठले पाँचौं स्थान हासिल गरे । 

यसैगरी पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३१ मिनेट २१.७६ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते । 

एपिएफका गोपीचन्द्र पार्की ३१ मिनेट ३८.६८ सेकेन्डका साथ दोस्रो तथा आर्मीका दीपक अधिकारी ३१ मिनेट ४७.४२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा रहे ।

आर्मीका संजय श्रेष्ठ चौंथो र केन्याका सिमोन किपगेटले पाँचौं स्थान हासिल गरे । 

प्रतियोगिताकमा दुवैतर्फका विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार रुपैयाँ  प्राप्त गरे।  यसैगरी चौथोले १० हजार र पाँचौंले  पाँच हजार रुपैयाँ  प्राप्त गरेका छन् ।

कोर्ष रेकर्ड बनाए बापत राजपुराले थप १० हजार रुपैयाँ  प्राप्त गरिन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो