चैत्र १४, २०८२ शनिबार | ०६:११:३९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सन्तोषी प्रशिक्षणका लागि इथोपिया जाने

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठले इथोपियामा प्रशिक्षण गर्ने भएकी छन् ।

इथोपिया जान लागेकी सन्तोषीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव तथा एनआरएस स्पोर्टस फाउन्डेसनका फाउन्डर निलेन्द्रराज श्रेष्ठ, प्रशिक्षक रघु वन्त लगायतले बिदाई गरका थिए ।

ग्लोबल स्पोर्टस कम्युनिकेसनको छात्रवृत्ती तथा एनआरएनए स्पोर्टस फाउन्डेसनको पहलमा सन्तोषीले इथोपियामा प्रशिक्षणको अवसर पाएकी हुन् । सन्तोषीलाई इयर्ली ट्रस्टको आर्थिक सहयोग रहनेछ । ग्लोबल  स्पोर्टस एथलेटिक्स खेलाडीको ब्यवस्थापन हेर्दै आएको संस्था हो ।

सन्तोषी काठमाडौंबाट युएइको दुबई हुँदै सोमबार इथोपियाको राजधानी एडिस अबाबा पुग्ने छिन् ।

सन्तोषी प्रशिक्षणका लागि एडिस अबाबामा ३५ दिने बस्ने छिन् । उनले पूर्व  विश्व च्याम्पियन तथा ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई प्रशिक्षण दिइसकेका प्रशिक्षक टेसेमा अब्सहिरोसँग प्रशिक्षण लिने छिन् ।

इथोसपियामा प्रशिक्षण सम्पन्न गरेपछि नेदरल्यान्ड्सको भेन्लोमा हुने १६ औं संस्करणको भेनलुप हाफ म्याराथनमा सहभागी हुन मार्च २२ मा त्यसतर्फ प्रस्थान गर्ने छिन् ।

१३ औं सागमा १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी सन्तोषीले नवौं राष्ट्रिय खेलकुदमा पाँच र दस हजार दुवै विधामा स्वर्ण जितेकी थिइन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो