काठमाडौं । नेपालको अनलाइन खेलकुद समाचार पोर्टल खेलाडी.कम र खेलकुद तथा फिटनेस संस्था टिप टो स्पोर्टस हबबीच मिडिया र रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ ।
आइतबार टिप टो स्पोर्टस हबका अध्यक्ष गौरव बस्नेत र बिग स्पोर्टस प्रालिका प्रबन्ध निर्देशक अञ्जन खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यो साझेदारीले खेलकुदका कार्यक्रमहरू प्रवद्र्धन गर्ने, प्रेरणादायी खेलाडीका कथाहरू साझेदारी गर्ने र नवीन अभियानमार्फत समुदायलाई खेलकुदमा संलग्न गराउने विश्वास लिइएको छ ।
सम्झौता अनुसार टिप टो स्पोर्टस हबले खेलाडी.कमको प्लेटफर्मबाट आफ्ना प्रतियोगिताका साथै कार्यक्रमहरू प्रवद्र्धन गर्नेछ । यसैगरी खेलाडी. कमले टिप टोका कार्यक्रमहरूमा विशेष पहुँच प्राप्त गर्नेछ, जसले खेलकुदका बृहत कार्यक्रमहरू कभरेज, प्रत्यक्ष अपडेटहरू गर्न सहज हुनेछ ।
‘हामी टिप टो स्पोर्टस हबसँगको साझेदारीमार्फत प्रत्येक नेपालीलाई खेलकुदको नजिक ल्याउन उत्साहित छौं, खेलाडी. कमका प्रवन्ध सम्पादक अजय फुयालले भने,‘ मिडिया र रणनीतिक साझेदारको रूपमा, हामी टिप टोका हरेक कार्यक्रम र पहलहरूलाई समेट्न प्रतिबद्ध छौं ।’
यो सहकार्य नेपाली खेलकुदका नयाँ-नयाँ अपडेटहरूका लागि महत्वपूर्ण साबित हुने विश्वास दुवै पक्षको छ ।
‘खेलाडी.कमसँगको यो साझेदारी टिप टो स्पोर्टस हबका लागि एक महत्वपूर्ण कदम हो,’ टिप टोका अध्यक्ष गौरव बस्नेतले भने,‘ हामी नेपाली खेलकुदलाई प्रोत्साहन गर्दै आइरहेका छौं । यो साझेदारीले हाम्रा कार्यक्रमहरूलाई आम जनमानससम्म पुर्याउन सहज हुने अपेक्षा लिएका छौं ।’
टिप टोले देशका विभिन्न सात स्थानमा एकेडेमी सञ्चालन गरिरहेको छ । जसमा ३७० जनाले दैनिक रूपमा प्रशिक्षण लिइरहेका छन् ।
बिग स्पाेर्टस प्रालिका प्रबन्ध निर्देशक अञ्जन खड्काले भने,‘ यो समझदारीले हाम्रो रणनीतिक सहकार्यप्रति प्रतिबद्धतालाई जनाउँछ, जसले टिप टोका पहलहरू खेलाडी.कमको प्लेटफर्ममार्फत व्यापक दर्शकमाझ पुग्न सुनिश्चित गर्नेछ ।’
खेलाडी.कमको बारेमा
खेलाडी.कम नेपालको प्रमुख खेलकुद समाचार पोर्टल हो, जो खेलकुद संस्कृतिलाई प्रवद्र्धन गर्न प्रतिबद्ध छ । यो पाठक र खेलाडीका लागि पहिलो रोजाइको प्लेटफर्म बन्न सफल भएको छ ।
टिप टो स्पोर्टस हबको बारेमा
टिप टो स्पोट्स हब एक अग्रणी खेलकुद र फिटनेस संस्था हो, जसले प्रतिभा विकास, फिटनेस प्रवद्र्धन र खेलकुदमार्फत समुदाय निर्माणमा समर्पित छ । यसले युवा खेलाडीलाई प्लेटफर्म प्रदान गर्दै आएको छ ।