श्रावण २, २०८२ शुक्रबार | ०३:०४:०८
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

पुरुष टिम इभेन्ट पनि बागमतीलाई उपाधि

काठमाडौं । बागमती प्रदेशले १३औं एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगतामा पुरुष टिम इभेन्टको पनि उपाधि जितेको छ ।

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा बिहिबार बागमतीले कोशी प्रदेशलाई ३-० ले हरायो ।

अरहन्तकेशर सिम्हले नैनबहादुर मगरलाई ११-२, ११-३, ११-५, पासाङ ब्लोनले सुर्य कुमार राईलाई ११-३, ११-४, ११-६ र राकेश परियारले खेमराज राइलाई ११-४, ११-५, ११-३ ले हराए । बागमतीमा प्रज्वल प्रधान र कोशीमा शक्ति लिम्बु पनि  थिए ।

यसैगरी सुदीपबहादुर सिंह, गौरव कटवाल, यम राना र ज्ञानु चौधरी सामेल लुम्बिनी प्रदेश तथा दिपक थापा, हेसिल घिसिङ, सञ्जिव थापा मगर र कृष श्रेष्ठ सामेल मधेश प्रदेशको टिम संयुक्तरुपमा तेस्रो भए ।

सातदोबाटोस्थित स्क्वास हलमा जारी प्रतियोगितामा बिहिबारबाट व्यक्तिगत स्पर्धा पनि सुरु भएको छ । पहिलो चरणमा बाइ पाएका नेपालका नम्बर एक अरहन्तले कर्णालीका हिमाल जिसीलाई ११-१, ११-२, ११-२ ले हराएर क्वार्टरफाइनलमा स्थान बनाए। यसैगरी कोशीका सुर्यकुमार राई पनि बागमतीका प्रज्वललाई ११-९, ५-११, ११-५, ११-७ ले हराएर अन्तिम आठमा पुगे।

यसैगरी कोशीका नैनबहादुर मगरले लुम्बिनका गौरव कटवाललाइ ११-५, ११-२, ११-५, कर्णालीका जैन जिसीले कोशीका शक्तिलाई ११-८, ११-४, ११-८, कोशीका खेमराजले गण्डकीका राजु श्रेष्ठलाई ११-३, ११-६, ११-८, कोशीका सुर्यकुमारले लुम्बिनीका यमलाई ११-६, ११-६, ११-६ तथा मधेशका सञ्जीवले गण्डकीका नवराज थापालाई ११-८, ११-६, ११-४ ले पराजित गरे ।

बागमतीले महिला टिम इभेन्टमा पनि उपाधि जितेको थियो । महिला टिम इभेन्ट्समा गण्डकी प्रदेश उपविजेता तथा कोशी र कर्णाली प्रदेश संयुक्तरुपमा तेस्रो स्थानमा रहे ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach