फाल्गुन ५, २०८२ मंगलबार | ०७:३७:३५
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

पुरुष टिम इभेन्ट पनि बागमतीलाई उपाधि

काठमाडौं । बागमती प्रदेशले १३औं एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगतामा पुरुष टिम इभेन्टको पनि उपाधि जितेको छ ।

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा बिहिबार बागमतीले कोशी प्रदेशलाई ३-० ले हरायो ।

अरहन्तकेशर सिम्हले नैनबहादुर मगरलाई ११-२, ११-३, ११-५, पासाङ ब्लोनले सुर्य कुमार राईलाई ११-३, ११-४, ११-६ र राकेश परियारले खेमराज राइलाई ११-४, ११-५, ११-३ ले हराए । बागमतीमा प्रज्वल प्रधान र कोशीमा शक्ति लिम्बु पनि  थिए ।

यसैगरी सुदीपबहादुर सिंह, गौरव कटवाल, यम राना र ज्ञानु चौधरी सामेल लुम्बिनी प्रदेश तथा दिपक थापा, हेसिल घिसिङ, सञ्जिव थापा मगर र कृष श्रेष्ठ सामेल मधेश प्रदेशको टिम संयुक्तरुपमा तेस्रो भए ।

सातदोबाटोस्थित स्क्वास हलमा जारी प्रतियोगितामा बिहिबारबाट व्यक्तिगत स्पर्धा पनि सुरु भएको छ । पहिलो चरणमा बाइ पाएका नेपालका नम्बर एक अरहन्तले कर्णालीका हिमाल जिसीलाई ११-१, ११-२, ११-२ ले हराएर क्वार्टरफाइनलमा स्थान बनाए। यसैगरी कोशीका सुर्यकुमार राई पनि बागमतीका प्रज्वललाई ११-९, ५-११, ११-५, ११-७ ले हराएर अन्तिम आठमा पुगे।

यसैगरी कोशीका नैनबहादुर मगरले लुम्बिनका गौरव कटवाललाइ ११-५, ११-२, ११-५, कर्णालीका जैन जिसीले कोशीका शक्तिलाई ११-८, ११-४, ११-८, कोशीका खेमराजले गण्डकीका राजु श्रेष्ठलाई ११-३, ११-६, ११-८, कोशीका सुर्यकुमारले लुम्बिनीका यमलाई ११-६, ११-६, ११-६ तथा मधेशका सञ्जीवले गण्डकीका नवराज थापालाई ११-८, ११-६, ११-४ ले पराजित गरे ।

बागमतीले महिला टिम इभेन्टमा पनि उपाधि जितेको थियो । महिला टिम इभेन्ट्समा गण्डकी प्रदेश उपविजेता तथा कोशी र कर्णाली प्रदेश संयुक्तरुपमा तेस्रो स्थानमा रहे ।


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL