श्रावण २, २०८२ शुक्रबार | ०३:५३:५६
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

महिला टिम इभेन्टमा बागमतीलाई उपाधि

फाइल तस्विर ।

काठमाडौं । बागमती प्रदेशले १३औं एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताको महिला टिम इभेन्टको उपाधि जितेको छ ।

नेपाल नम्बर एक विपना ब्लोन, नम्बर दुई स्वस्थानी श्रेष्ठ, अस्मिता नगरकोटी र साक्षी सुनुवार सामेल बागमतीले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई समान ३-० ले हराँदै लिग चरणको शीर्ष च्याम्पियन बन्यो ।

यो स्पर्धामा रजत र कांस्य  पदकको  भने छिनोफानो हुन भने बाँकी छ ।

कोशी प्रदेशविरुद्धका खेलमास्वास्थानीले डोल्मा तामाङलाई ११-८, ११-५, ११-४, विपनाले रचना प्रजालाई ११-४, ११-५ र ११-४ तथा अस्मिताले तारादेवी गुरुङलाई ११-३, ११-१, ११-२ ले पराजित गरे ।

यसैगरी गण्डकीविरुद्ध स्वस्थनीले रेसना महर्जनलाई ११-३, ११–५, ११-३, विपनाले समीक्षा खाँडलाई ११-२, ११-२, ११-५ तथा अस्मिताले नियुक्ती श्रेष्ठलाई ११-१, ११-५ र ११-६ ले हराए ।

कर्णालीविरुद्ध स्वस्थानीले भगवती जिसीलाई ११-२, ११-१, ११-३, विपनाले प्रतीक्षा प्रजालाई ११-३, ११-५, ११-५ तथा साक्षीले अर्पणा प्रजालाई ६-११, ११-७, ११-६ र ११-३ ले निराश बनाए ।

यसैगरी गण्डकी प्रदेशले कोशी प्रदेशलाई २-१ ले हरायो ।  नियुक्तीले कृषा राईलाई ११–२, ११–१,११–३ तथा रेनेशाले डोल्मालाई १५-१३, ११-४, ११-२ ले पराजित गरे । कोशीकी रचनाले भने समीक्षालाई ११-७, १२-११, १४-१२ ले हराएकी थिइन् ।

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष टिम इभेन्टमा बागमती र कोशी प्रदेश फाइनलमा पुगेका छन् । बुधबार भएको सेमिफाइनलमा बागमतीले मधेश प्रदेश र कोशीले प्रदेशले लुम्बिनी प्रदेशलाई समान २–१ ले हराए ।

सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा भएको सेमिफाइनलमा बागमतीका लागि राकेश परियार र प्रज्वल प्रधानले जित हात पारे । राकेशले सञ्जीव थापा मगरलाई १२-१०, ९-११, ११-८, ११-० तथा प्रज्वलले हेलिस घिसिङलाई ११-६, ११-६,११-४ ले हराए । पहिलो खेलमा भने मधेशका दिपक थापाले पासाङ ब्लोनलाई ३-११, १२-१०, १३-१ १, ११-५ ले पराजित गरेका थिए ।

ऋर्को सेमिफाइनलमा सुदीप बहादुर सिंहले कोशीका नैनबहादुर मगरलाई पाँच सेट लम्बिएको खेलमा ४-११, ११-५, १२-१४, ११-७,११-९ ले हराएर लुम्बिनीलाई अगाडि पारेका थिए । तर त्यसपछिका दुई खेलमा सुर्य कुमार राईले गौरव कटवाललाई ११-७, ११-५, ९-११,१३-११ तथा खेमराज राईले यम रानालाई ११-६, ११-७, ४-१, ११-४ ले हराएर कोशी प्रदेशलाई फाइनलमा पुर्याए ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach