असार १४, २०८२ शनिबार | १४:४९:०९
एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम

एनओसीको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा तीन जनाले उम्मेवारी दिएका छन् ।

 एक अध्यक्षका लागि पछिल्ला दुई कार्यकाल पूरा गरिसकेका जीवनराम श्रेष्ठका साथै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङ प्रतिस्पर्धामा छन् । 

वर्तामान उपाध्यक्ष सुनीलकुमार श्रेष्ठले भने उम्मेदवारी दिएका छैनन् । अध्यक्षमा उम्मेदवारी दिन चर्चामा रहे पनि श्रेष्ठ अन्तिम समय आएर पछि हटेका छन् । 

आगामी शनिबार हुने निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारी दार्ता गर्न सोमबार अन्तिम मिति थियो ।

यसैगरी सात उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष एवं टेनिस संघकी अध्यक्ष ज्योती राणासहित ९ जनाको उम्मेदवारी परेको छ । पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द बैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, कबड्डीकी तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य ,सुटिङका पुश्पदाश श्रेष्ठ र साइक्लिङका गाेपाल सुन्दरलाल कक्षपतीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

महासचिवमा नेपाल र्‍याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ निर्विराेध निवार्चित भएका छन् ।

त्यस्तै सहमहासचिवमा ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घले तथा सचिवमा आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ (बोस) पनि निर्विरोध चुनिएका छन् ।

यता सदस्यमा जिम्न्यास्टिककी गिता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विराेध चयन भएका छन् ।

यसअघि उच्च अदालत पाटनले साधारणसभा रोक्न आदेश जारी गर्नाका बावजुद एनओसीले गत मंसिर १७ गते विशेष साधारणसभाबाट विवादित रुपमा विधान संशोधन गरेको थियो । त्यहीँबाट पछिल्लो समय विवादबाट टाढा रहँदै आएको एनओसी फेरि अनन्तकालिन विवादको कुहिरोभित्र छिरेको थियो ।

रग्बी बेसबललगायतका केही संघले एनओसीबाट आफूहरुले सदस्यता नपाएको भन्दै विशेष साधारणसभा रोक्ने मागसहित दायर गरेको रिटमा सुनुवाईपछि मंसिर १६ गते उच्च अदालतले एनओसीका नाममा अन्तरिम आदेश जारी गर्दै साधारणसभा रोक्न भनेको थियो ।

एनओसीको विधानमा अध्यक्ष र महासचिव पदमा दुई कार्यकालसम्ममात्र कुनै पनि व्यक्ति बस्न पाउने व्यवस्था थियो । तर अदालतको आदेश बेवास्था गर्दै आयोजित साधारणसभाले त्यसलाई संशोधन गर्दै दुई कार्यकालको व्यवस्था हटाएर नेतृत्वमा कुनै पनि व्यक्ति अनन्त कालसम्म बस्न पाउने बनाएको थियो ।

एनओसीका अध्यक्ष श्रेष्ठको यो दोस्रो कार्यकाल हो । अध्यक्ष हुनुअघि दुई कार्यकाल महासचिवका रुपमा एनओसीको प्रशासन हाँकेका श्रेष्ठ विधान संशोधन नभएको भए यही चुनावसँगै बाहिरिनुपर्थ्यो । एनओसीमा थप कार्यकाल नेतृत्व गर्ने लोभका कारण श्रेष्ठले विगतमा आफैले बनाएको विधान संशोधन गराएका थिए ।


भिडियो
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video