खेलाडी सम्मान

स्वर्ण पदक विजेता कार्कीलाई सम्मान

काठमाडौँ । मसल मेनिया, एसियन लेभल अन्तररास्ट्रीय बडिबिल्डिङ प्रतियोगिताका स्वर्ण पदक जितेका किशोर कार्कीलाई सम्मान गरिएको छ ।

काठमाडौँमा एक कार्यक्रमकाबीच प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कार्कीलाई सम्मान गरे । खरेल अर्गनाइजेसनले सम्मान कार्यक्रम आयोजना गरेको हो ।

 मन्त्री लिम्बुले कार्यक्रममा बोल्दै खेल क्षेत्र र खेलाडीको लागी काम गर्नको लागी मन्त्रालय संधै तत्पर रहेको बताए ।