फाल्गुन ९, २०८२ शनिबार | १४:२८:२५
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा

अल्मुताइरी ! स्टन्टबाजी छोड, फुटबलमा ध्यान देउ, नेपाललाई तिम्रो खाँचो छ

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी फेरी चर्चाको शिखरमा छन् । नेपाली खेलकुदमा जे छ, उनैको छ । अझ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनल यात्रा गरेपछि त अल्मुताइरीको चर्चा झनै चुलिएको छ । जुन स्वभाविक पनि हो । 

नेपालले साफ च्याम्पियनसिपमा कस्तो प्रदर्शन गर्‍यो, विगतमा नेपालको प्रदर्शन कस्तो रहने गरेको थियो वा नेपाली फुटबलको स्तर अल्मुताइरीको आगमनबाट तलमाथि भयो की भएन भन्ने बहसको फरक विषय बन्न सक्छन् । बन्नेछन् पनि । 

मैदानभित्र अल्मुताइरीको प्रभावबारे विभिन्न कोणबाट चर्चा भइरहेका छन् । उनको आगमनले नेपाली फुटबल ऐतिहासिक सफलताको बाटोमा लागेको विश्वास गर्ने धेरै छन् । यसैगरी नेपाली फुटबलरुपी मोटरले लामो समयदेखि उतारचढावपूर्ण रुपमा गरिरहेको यात्राका विभिन्न मोडमध्ये एक ठाउँमा स्टेरिङ सम्हाल्न आइपुगेका ड्राइभरका रुपमा अल्मुताइरीलाई लिने पनि धेरै छन् । अर्थात उनले हल्लाबाहेक खासमै गरेका चाँही केही छैनन् ।

अल्मुताइरीले जे गरे, त्यो मैदानमा देखिइसकेको छ । डिजिटल आर्काइबका रुपमा दस्ताबेजिकरण भइसकेको छ । पूरा देशको चासो रहेको सार्वजनिक जिम्मेवारीमा रहेर उनले गरेका कामप्रति आआफ्नो धारणा राख्‍नका लागि समर्थकहरु स्वतन्त्र छन् । त्यहीअनुसार अल्मुताइरी र उनका कामबारे सकारात्मक, नकारात्मक र तटस्थ प्रतिक्रियाहरु आइरहेका छन् । 

कुवेतका यी प्रशिक्षकको आगमनयता नेपालले अन्तर्राष्ट्रिय फुटबलमा मिश्रित नतिजा भोग्दै आएको छ । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्नुबाहेक हेड टु हेडमा हेर्ने हो भने सबै विपक्षीविरुद्धका नतिजा विगतका जस्तै छन् । 

हो अल्मुताइरीले नेपाली फुटबलमा रहँदै आएको ‘हामी सक्दैनौं’ भन्ने हिन भावनालाई जबरजस्त रुपमा ‘हामीले किन नसक्ने’ भन्नेमा परिणत गरे । टिममा कोही सुपरस्टार त कोही सामान्य खेलाडी हुँदैनन् । सबको हैसियत समान, सबको क्षमता समान, सबको जिम्मेवारी समान भन्ने भावना विकास गरे । जुन उनले प्रत्येक खेलमा छान्ने पहिलो रोजाई र खेल दौरान गर्ने परिवर्तनले देखाउने गरेको छ ।

यसको मतलब उनले केही नगरेको भन्ने होइन । अल्मुताइरीको आगमनले फुटबलमा केही भएन भन्ने तर्क त झनै जायज छैन । उनले राष्ट्रिय टिममा एउटा अदभूत खालको विश्वास र एकताको भावना पैदा गराएका छन् । त्यसैले होला नेपाल ओमानसँग खेल्दा पनि जित्छ भन्ने विश्वास आम समर्थकमा हुने गर्छ । भारतसँग तीन गोल खाएको फाइनलअघि पनि नेपाल जित्नेमा आम समर्थकमात्र होइन, नेपाली फुटबलका धेरै जानकारहरु समेत विश्वस्त थिए ।

हो अल्मुताइरीले नेपाली फुटबलमा रहँदै आएको ‘हामी सक्दैनौं’ भन्ने हिन भावनालाई जबरजस्त रुपमा ‘हामीले किन नसक्ने’ भन्नेमा परिणत गरे । टिममा कोही सुपरस्टार त कोही सामान्य खेलाडी हुँदैनन् । सबको हैसियत समान, सबको क्षमता समान, सबको जिम्मेवारी समान भन्ने भावना विकास गरे । जुन उनले प्रत्येक खेलमा छान्ने पहिलो रोजाई र खेल दौरान गर्ने परिवर्तनले देखाउने गरेको छ । 

राष्ट्रिय टिमका कुनै पनि सदस्यलाई मिडियासँग बोल्न नपाउने नियम उनले लगाएका छन् । ‘टिममा कोही स्टार छैन । सबैको हैसियत समान छ । पहिलो रोजाईमा को पर्छ भन्ने कसैलाई थाहा हुँदैन । जसलाई पनि खेलको आवस्यकताअनुसार परिवर्तन गर्न उहाँ हिच्किचाउनुहुन्न । यसले टिम थप एकजुट भएको छ । पहिला जस्तो टिममा मेरो ठाउँ सिमेन्टेड भनेर कसैले सोच्‍न सक्दैन । कोचको हरेक निर्णय सरप्राइजिङ हुने गर्छ,’ एक खेलाडीले डराउँदै गरेको कानेखुसी उनको प्रशंसाका लागि पर्याप्त हुन सक्छ । 

यत्ति हो त अल्मुताइरीले गरेको ? 

पक्कै पनि होइन । पछिल्लो समय नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को उदासिनतामा कोभिड १९ को महामारी थपिएपछि निदाएझै अवस्थामा रहेको नेपाली फुटबललाई तरंगित गर्ने काम अल्मुताइरीले गरेका छन् । 

पटकपटक राजीनामाको ‘धम्की’ दिइरहने अल्मुताइरीले माल्दिभ्सको मालेबाट फेरी एकपटक त्यस्तै घोषणा गरेका छन् । सबभन्दा पहिला एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको घोषणा गरेर चर्चामा आएका अल्मुताइरीले दोस्रो पटक आफूविरुद्ध राष्ट्रिय खेलकुद परिषदको छानविन समितिले प्रतिवेदन बुझाएपछि ‘राजनीतिलाई काम गर्न दिउँ, म छोड्छु’ भनेर अर्को स्टन्ट गरेका थिए ।

सामाजिक सञ्जालमा विभिन्न खालका विवादास्पद कृयाकलाप गरेर उनले कम्तिमा मैदान बाहिर भए पनि फुटबललाई सार्वजनिक चासोको विषय बनाएका छन् । चिया पसलदेखि व्यावसायिक प्रतिष्ठान र सरकारी नीति निर्मातासम्म फुटबललाई बहसको विषय बनाएका छन् । 

पटकपटक राजीनामाको ‘धम्की’ दिइरहने अल्मुताइरीले माल्दिभ्सको मालेबाट फेरी एकपटक त्यस्तै घोषणा गरेका छन् । सबभन्दा पहिला एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको घोषणा गरेर चर्चामा आएका अल्मुताइरीले दोस्रो पटक आफूविरुद्ध राष्ट्रिय खेलकुद परिषदको छानविन समितिले प्रतिवेदन बुझाएपछि ‘राजनीतिलाई काम गर्न दिउँ, म छोड्छु’ भनेर अर्को स्टन्ट गरेका थिए । 

अहिले मालेमा भारतसँग फाइनल खेल्नुअघि मिडियाका कारण आफू साफ च्याम्पियनसिपपछि नेपाल नफर्किने घोषणा गरे । प्रत्येक पटक झै यसपाली पनि उनको घोषणाले बजार ततायो । सामाजिक सञ्जालमा परस्पर विपरित खालका भावनाहरु छरपस्ट भए । विजया दशमीका कारण घरेलु खेल गतिविधि सुन्य भएका बेला सञ्चार माध्यमलाई पनि मज्जाको मसला मिल्यो । 

तर पछिल्ला अवसरहरुमा जस्तै अल्मुताइरी यसपटक पनि आफ्नो घोषणामा टिक्न सकेनन् । फाइनलअघि भारतविरुद्धको त्यो खेल नेपाली टोलीबाट आफ्नो अन्तिम हुने घोषणा गरेका उनले केही हप्ताको आरामपछि भविश्यको वारेमा निर्णय लिने अभिव्यक्ति दिएका छन् । 

फाइनल पुगिसकेपछि टोलीको मुख्य कमाण्डरले नै लडाईपछि मैदान छोड्ने घोषणा गर्दा टिममा कस्तो मनोवैज्ञानिक अशर पर्‍यो होला ? त्यो राजीनामा घोषणा गर्ने उपयुक्त समय थियो की थिएन ? यी पनि बहसको विषय बन्न सक्छन् । उचित समयमा बहस होला । तर यस्ता स्टन्टबाट पनि नेपाली फुटबललाई फाइदा पुगेको मान्ने कम छैनन् ।

‘केही नभइरहेको बेला यस्ता स्टन्टले पनि फुटबललाई मानिसको कुराकानीको प्राथमिकतामा पारेको छ । समग्रमा यसले फुटबललाई जीवन्त राख्‍न ठूलो योगदान गर्छ । अहिले यो प्रशिक्षकको विषयमा कुरा गर्न पनि धेरै सोच विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । उनको फ्यान फलोइङ यति जबरजस्त छ की केही बोल्दा आफै विवादमा पर्ने चिन्ता हुन्छ । तर समग्रतामा सोच्ने हो भने फुटबलका लागि उनकै कारण एउटा ठूलो जमात बहस गर्न तयार भएको छ । फुटबलको कुरा गर्न र फेसबुकका कमेन्टमा भिड्न समय खर्च गरिरहेको छ । यो सुखद पक्ष हो,’ एन्फाका एक पदाधिकारीको यो भनाई सतप्रतिसत जायज छ ।

सामाजिक सञ्जालमा अल्मुताइरीका विवादास्पद गतिविधि केही हदसम्म सबै तह र तप्काका, सबै पेशा र व्यावसायका नेपालीका अनौपचारिक कुराकानीमा फुटबल प्रवेश गराउन सफल भएको छ । तर यसले नेपाली फुटबललाई पूर्ण रुपमा फाइदा मात्रै पुग्यो भन्ने पनि होइन । 

मैदानभित्र फुटबल भयो की भएन वा एन्फाको प्राविधिक गतिविधिका कर्मकाण्डी प्रतिवेदन कति पेज लामो पुग्यो भन्नेलेमात्र यो सुन्दर खेलको आधार तय गर्दैन । चरम व्यावसायिकरणको आधुनिक युगमा फुटबलले कति समर्थकको ध्यान तानिरहेको छ, व्यावसायिक प्रतिष्ठानलाई कति 'इन्गेज' गरिरहेको छ र नीति निर्माताहरुको बीचमा आफूलाई कसरी प्रस्तुत गरिरहेको छ भन्नेले बढि अर्थ राख्छ । 

सामाजिक सञ्जालमा अल्मुताइरीका विवादास्पद गतिविधि केही हदसम्म सबै तह र तप्काका, सबै पेशा र व्यावसायका नेपालीका अनौपचारिक कुराकानीमा फुटबल प्रवेश गराउन सफल भएको छ । तर यसले नेपाली फुटबललाई पूर्ण रुपमा फाइदा मात्रै पुग्यो भन्ने पनि होइन । 

यसले नेपाली फुटबल र फुटबलकर्मीको विश्वसनियतामाथि गम्भीर प्रश्न उठेको छ । लामो समयदेखि आन्तरिक शक्तिसंघर्ष र राजनीतिको सिकार बन्दै आएको फुटबलमा अर्को ध्रुविकरण अल्मुताइरीको नाममा चुलिएको छ । अल्मुताइरीले ‘वान टिम’ भन्ने गरे पनि उनकै कारण एन्फाभित्रको दुई समूह एक ठाउँमा पुग्नै नसक्ने गरी झन टाढिँदो छन् ।

केही समयअघि एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङमाथि आरोप लगाउँदै अल्मुताइरीले लेखेको एउटा फेसबुक स्ट्याटस निक्कै विवादित भयो । दुवै पक्षको मागअनुसार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई छानविन समिति बनाउन लगायो । छानविन समितिले अल्मुताइरीले गैह्र व्यावसायिक आचरण गरेको ठहर गर्दै फेसबुकबाट स्ट्याटस मेट्नुपर्ने निश्कर्ष निकालेको थियो । साथै समितिले प्रतिवेदनमा प्रशिक्षकलाई सामाजिक सञ्जालको कम प्रयोग गर्न र आफ्नो काममा मात्र ध्यान दिन सुझाव दिएको थियो ।  

माल्दिभ्स र श्रीलंकालाई हराउनाका साथै बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली राष्ट्रिय टोलीका एक पूर्व खेलाडीले पनि अल्मुताइरीको विषयमा यस्तै प्रतिक्रिया दिए । प्रशिक्षकले राजनीतिमा नलागी टिममामात्र केन्द्रित हुने हो भने उनी नेपाली फुटबललाई चाहिने व्यक्ति हुन् । 

प्रिय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, तपाईले भनेजस्तै केही साता मज्जासँग आराम गरेर भविश्यवारे निर्णय लिनुस । तपाईको निर्णय नेपाली राष्ट्रिय टोलीमा निरन्तरता दिने पक्षमा होस । त्यसपछि विवादास्पद स्टन्टबाजीमा व्यस्त हुनुको साटो प्रशिक्षणमै मात्र केन्द्रित भएर नेपाली फुटबललाई अर्को स्तरमा डोर्‍याउने धैर्यवान सारथी बन्न सक्नुहोस । शुभकामना !


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||