फाल्गुन १८, २०८२ सोमबार | ००:२१:११
मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता

१९औं एसियाड मुखैमा, नेपालले लैजाँदै छ जम्बो टोली


काठमाडौं । १९ औं एसियाली खेलकुद (एसियाड) आउन अब मात्र २८ दिन बाँकी छ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउ सहरमा हुने एसियाकै ठूलो खेल महोत्सवमा नेपालबाट २ सय ५३ खेलाडीले सहभागिता जनाउँदै छन् । कुल ४० खेलमध्ये यसपालि नेपालले २९ खेलमा आफ्नो प्रतिनिधित्व गर्दै छ ।

सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणदेखि नै नेपालले एसियाडमा सहभागिता जनाउन थालेको थियो । नयाँ दिल्लीदेखि अहिले हाङझाउसम्म आइपुग्दा एसियाडले १८ संस्करण पार गरिसकेको छ । यसबीच नेपालले मनिला, १९५४ र जकार्ता, १९६२ बाहेक सबै संस्करणमा सहभागिता जनाएको छ । अर्थात हाङझाउ एसियाड नेपालको १७ औं एसियाड सहभागिता हुनेछ ।

अहिलेसम्म नेपालले कुल २४ पदक जितेको छ, जसमा दुई रजत समावेश छ । स्वर्णको खाता भने नेपालले अहिलेसम्म खोल्न सकेको छैन । 

दिल्ली १९८२ (१०औं) संस्करणमा आएर बल्ल नेपालले पदकको खाता खोलेको थियो । त्यतिबेला बक्सिङका स्व.दलबहादुर राना मगरले नेपालका लागि कांस्य पदक जितेका थिए । नेपालले दिल्लीमा कुल ८ कांस्य पदक जितेको थियो । बक्सिङ र तेक्वान्दोमा समान चार कांस्य । पदक संख्याका हिसाबले यो नै नेपालको सबैभन्दा सफल एसियाड अनुभव हो ।

अहिलेसम्म नेपालले कुल २४ पदक जितेको छ, जसमा दुई रजत समावेश छ । स्वर्णको खाता भने नेपालले अहिलेसम्म खोल्न सकेको छैन । बैंकक १९९८ (१३औं) संस्करणमा नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् । अर्को रजत नेपालले गत संस्करण जकार्ता–पालेम्बाङमा भएको एसियाडमा प्याराग्लाइडिङबाट जितेको थियो ।

नेपालले तेक्वान्दो, बक्सिङ, कराते र प्याराग्लाइडिङबाहेक अरू खेलमा पदक जित्न सकेको छैन । तेक्वान्दोले सर्वाधिक १५ पदक जितेको छ । त्यसपछि बक्सिङले ६, करातेले २ तथा प्याराग्लाइडिङले एक पदक जितेको छ ।

तीन संस्करणमा मात्र तीन पदक
पछिल्ला तीन संस्करण नेपाली खेलकुद समाचारमा एउटै शीर्षक दोहोरियो, ‘एकल पदकले नेपाली खेलकुदको लाज बचायो’

इन्चोन एसियाडमा नेपालले २५ खेलमा प्रतिस्पर्धा गरेको थियो । कुल २०४ खेलाडी थिए । तर, विमला तामाङ एकमात्र पदक विजेता खेलाडी बनिन् । विमलाले करातेको एकल कातामा कांस्य जितेकी थिइन् ।

२०१० ग्वाङझाउ (१६औं) एसियाडमा नेपालका लागि बक्सिङका दीपक महर्जनले ८१ केजी तौल समूहमा कांस्य पदक जितेका थिए । हाल राष्ट्रिय बक्सिङ टोलीमा प्रशिक्षकको भूमिकामा रहेका महर्जनले त्यतिबेला नेपाली खेलकुदको लाज बचाएका थिए । ग्वाङझाउमा नेपालबाट २० खेलमा कुल १४० खेलाडीले सहभागिता जनाएका थिए ।

यस्तै अवस्था चार वर्षपछि फेरि दोहोरियो । इन्चोन एसियाडमा नेपालले २५ खेलमा प्रतिस्पर्धा गरेको थियो । कुल २०४ खेलाडी थिए । तर, विमला तामाङ एकमात्र पदक विजेता खेलाडी बनिन् । विमलाले करातेको एकल कातामा कांस्य जितेकी थिइन् ।

गत संस्करण २९ खेलमा १८७ खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए । अन्त्यमा नेपालको इज्जत प्याराग्लाइडिङले झुक्न दिएन । २० वर्षपछि रजत जित्ने क्रममा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाको पुरुष टोलीले क्रसकन्ट्रीमा दोस्रो स्थान हासिल गरेको थियो । एसियाडमा पहिलोपल्ट समावेश गरिएको प्याराग्लाइडिङमा १० देशको सहभागिता थियो । जापानसँग झिनो अन्तरले पछि पर्दा नेपाल ऐतिहासिक स्वर्ण जित्नबाट वञ्चित भएको हो । प्याराग्लाइडिङ यसपालि चीनमा भने समावेश छैन ।

युवाबाट पदक आस, मुख्य खेल तेक्वान्दो, बक्सिङ र कराते नै
पछिल्ला तीन संस्करणमा नेपाल तेक्वान्दोमा पदकविहीन छ । यद्यपि नेपाली खेलकुदमा समृद्ध इतिहास बोकेको यस खेलमाथि समर्थकको यसपालि पनि सधैंझै आस रहनेछ । नेपाली खेलकुदमा राम्रो छवि बनाएको बक्सिङ र करातेबाट पनि पदक आस गर्न सकिन्छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोले सर्वाधिक १२ र करातेले १० र बक्सिङले ३ स्वर्ण पदक दिलाएको थियो ।

सागको एकै संस्करणमा चार स्वर्ण जितेर इतिहास रचेकी पौडीवाज गौरिका सिंह भने यसपालि एसियाडमा हुने छैनन् । पढाइको कारण देखाएर गौरिकाले एसियाड नखेल्ने जानकारी यसअघि नै गराइसकेकी छन् । 

‘तयारी राम्रो भइरहेको छ । अहिले बिहान र बेलुका दुई–दुई घण्टा हामीले खेलाडीलाई प्रशिक्षण गराइरहेका छौं,’ कराते प्रशिक्षक कुशल श्रेष्ठले भने, ‘सबै खेलाडीहरूले मिहिनेत गरिरहेका छन् । नया अनुहार धेरै छन्, त्यो एउटा हाम्रा लागि चुनौतीको विषय हो । तर, टिम एकदमै राम्रो छ । यो–यो खेलाडीभन्दा पनि सबै खेलाडीबाट पदकको आशा राखेका छौं ।’

नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहाल र १३औं सागमा दुई स्वर्ण जितेका गल्फर सुवास तामाङ सबैको नजरमा हुनेछन् । सागको एकै संस्करणमा चार स्वर्ण जितेर इतिहास रचेकी पौडीवाज गौरिका सिंह भने यसपालि एसियाडमा हुने छैनन् । पढाइको कारण देखाएर गौरिकाले एसियाड नखेल्ने जानकारी यसअघि नै गराइसकेकी छन् । गौरिकाको स्थानमा अनुसिया तण्डुकारले ५० र १०० मिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गर्दै छिन् ।

भागबण्डा र स्वार्थको असर खेलाडीमा नपरोस्
एसियाडमा नेपाल अहिलेसम्म सहभागितामा मात्र सीमित भइरहेको छ । सीमित पूर्वाधार, कम प्रशिक्षण समय, खेलकुद निकायबीचको द्वन्द्व यसको मुख्य कारण बन्दै आएको छ ।

जब एसियाड जस्तो ठूलो प्रतियोगिता नजिकिँदै जान्छ, खेलकुद निकायहरू आ–आफ्नो स्वार्थमा अल्झिन्छन् । त्यसको प्रत्यक्ष असर खेलाडीमा पर्दै आएको छ । नेपालमा दशकौंदेखि भइरहेको त्यही नै हो । तीन निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको आन्तरिक द्वन्द्व नेपाली खेलकुदमा नमेटिने खेल हो । त्यस्तै एउटै खेलका दुई संघ अस्तित्वमा भएकाले पनि विगतका दिनमा खेलाडीहरूले धेरै मर्का बेहोर्नुपरेका थिए ।

२०१४ मा मन्त्रालयको जिम्मेवारीमा थिए, पुरुषोत्तम पौडेल । राखेपका सदस्यसचिव थिए, युवराज लामा । त्यतिबेला यी दुई निकायको द्वन्द्व उत्कर्षमा पुगेको थियो । लामाले समानान्तर तयारी कमिटी बनाएपछि विवाद चर्किएको थियो ।

उदाहरणमा इन्चोन २०१४ एसियाड । २०१४ मा मन्त्रालयको जिम्मेवारीमा थिए, पुरुषोत्तम पौडेल । राखेपका सदस्यसचिव थिए, युवराज लामा । त्यतिबेला यी दुई निकायको द्वन्द्व उत्कर्षमा पुगेको थियो । लामाले समानान्तर तयारी कमिटी बनाएपछि विवाद चर्किएको थियो । लामाले समानान्तर कमिटी बनाएपछि एसियाडका लागि राखेपकै दुई तयारी कमिटी बनेको थियो, जसको असर खेलाडीलाई परेको थियो । एउटा कमिटीको नेतृत्व लामाले गरेका थिए भने अर्को उपाध्यक्ष लामा टेन्डी शेर्पाले । दुवै आफ्नो अस्तित्वका लागि लडिरहे । पछि यो विषय अदालतसम्मै पुग्यो । अन्त्यमा खेलकुदमन्त्री पौडेलले आफ्नै नेतृत्वमा तदर्थ समिति गठन गरेका थिए ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता दिँदै आएको तेक्वान्दो संघको विवादले पनि सबैको ध्यान तानेको थियो । एउटै खेलको दुई संघ भएपछि खेलाडीहरू विभाजन भएका थिए । पछि एनओसीले दर्ता गरिएका केही खेलाडीको नामसमेत प्रकाशित गर्न अप्ठ्यारो मानेको थियो । यद्यपि सहभागी खेलाडीले कोरियामै विशेष प्रशिक्षण गरेका थिए । तर, इन्चोनमा खेलाडीले एक बाउट पनि जित्न सकेनन् ।

हद त त्यतिबेला भयो, जब कांस्य पदक जितेकी विमला तामाङले कसैबाट ताली पाएनन् । विमलासँगै गएका अधिकारीहरू उनको पदकमा खुसी थिएनन् ।

यसपालि यस्ता विकृतिहरू दोहोरिन्छन् त ? सदस्यसचिव टंकलाल घिसिङ यसपालि विगतको जस्तो समस्या नहुनेमा ढुक्क छन् ।

एक महिनाअगाडि मात्र नेपाल खेलकुद पत्रकार मञ्चको १८औं साधारणसभामा घिसिङले भनेका थिए, ‘विगतमा के रह्यो भन्ने कुरा फरक होला तर हामी यसपालि तीनवटै निकाय एउटै ठाउँमा बसेर एकै मतका साथ एउटै निर्णय लिएर अगाडि बढिरहेका छौं ।’

एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले पनि त्यही कुरालाई जोड दिएका छन् । भन्छन्, ‘अहिले पहिला जस्तो राष्ट्रिय मान्यताप्राप्त, अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक भन्ने छैन । अहिले नयाँ खेलकुद ऐनले गर्दा एउटा मात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटी छ, त्यसैले विगतको जस्तो द्वन्द्व छैन ।’

‘पहिलो पटक राखेपसँग यति नजिकबाट काम गरिरहेका छौं । उहाँहरूलाई केही परे हामीसँग सल्लाह गर्ने, हामीलाई केही परे उहाँहरूसँग सल्लाह लिइरहेका छौं । यसरी नै हामीले अहिले काम गरिरहेका छौं,’ उनले राखेप–एनओसी सम्बन्धबारे सुनाए ।

तयारी र पदकबारे के भन्छ एनओसी ?
‘एसियाडका लागि साउन १ गतेदेखि सबै खेलहरूको बन्द प्रशिक्षण भइरहेको छ । तयारी जोडतोडका साथ भइरहेको छ,’ एनओसी महासचिव श्रेष्ठ भन्छन्, ‘समग्र रूपमा हेर्दा एसियाली खेलकुदको स्तरभन्दा हामी तल नै छौं । हामीले अहिले अलिकति सम्भावना देखेको चाहिँ मार्सल आर्ट्सतिर हो । खेलाडीहरू राम्रा छन् र त्यसमा अरू खेलभन्दा सम्भावना अलि बढी हुने गर्छ ।’

‘विगतका दिनमाझै कराते, तेक्वान्दोबाट पनि हामीले पदक आस राखेका छौं । पहिलोपटक समावेश गरिएको ई–स्पोर्ट्समा पनि हाम्रो आस छ,’ श्रेष्ठले पदकको अपेक्षाबारे बोले । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||