नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बारा

खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा गाउँले सर्वसम्मत

सिमरा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको अध्यक्षमा शुनील गाउँले चुनिएका छन्  ।

बाराको सिमरामा शनिवार सम्पन्न  शाखाकाे छैठौं साधारण सभा तथा दोस्रो अधिवेशन गाउँलेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत
चयन गरेको हाे ।

कार्यसमितिको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिवमा बसन्त खतिवडा, सहसचिवमा प्रदिप गौतम, कोषाध्यक्षमा पुष्पराज खतिवडा, सदस्यहरुमा सीता अधिकारी, निलिसा बर्मा, नवराज चौलागाँई र श्याम गुप्ता चुनिए ।

यसअघि नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीको प्रमूख आतिथ्यता तथा नेपाल खेलकूद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराका अध्यक्ष 
गाउँलेको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा पत्रकार महासंघ मधेश प्रदेशका पूर्व सचिव गुरुप्रसाद गौतम, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर

भण्डारी, प्रेस युनियन बाराका उपाध्यक्ष बसन्त खतिवडा, प्रेस सेन्टर बाराका उपाध्यक्ष प्रदिप गौतम लगायतको उपस्थिती थियो ।