वैशाख २८, २०८२ आइतबार | १४:१९:१६
गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण

दक्षिण एसियाली बुद्धिचालः नुबैर र साक्षीको अग्रता कायमै

काठमाडाैं । नेपाल बुद्धिचाल संघको आयोजनामा भइरहेको दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपमा छैटौं र सातौं चरणको खेल सम्पन्न हुदा खुल्लातर्फ भारतका दुई हजार चार सय १५ रेटेड इन्टरनेशनल मास्टर नुबैर शाह शेख ६.५ अंकसहित शीर्ष स्थानमा कायम छन् ।

शेखले छैटौं चरणमा बंगलादेशका हसन पराग मेहन्दीलाई खेलको ४१औं तथा सातौं चरणमा बंगलादेशकै अब्दुल मोहम्मद मलेकलाई २९औं चालमा पराजित गरे ।

त्यस्तै दुई हजार पाँच सय दुई हजार पाँच सय आठ रेटेड भारतीय ग्रान्ड मास्टर सयतन दास ५.५ अंकका साथ दोस्रो स्थानमा छन् । छैटौं चरणमा पाकिस्तानका अमिर करिमलाई हराएका दास सातौ चरणमा नेपाल च्याम्पियन दुई हजार एक सय ४६ रेटेड फिडे मास्टर रुपेश जैसवालसँग बराबरीमा रोकिएका थिए ।

यो बराबरीसँगै दासको उपाधि यात्रमा ठूलो धक्का लागेको छ ।

रुपेशले तेस्रो चरणको खेलमा पनि नुबैरलाई बराबरीमा रोकेका थिए । रुपेशले छैटौं चरणको खेलमा पुरुषोत्तम सिलवाललाई हराएका थिए ।

पाकिस्तानी खेलाडी दुई हजार ४६ रेटेड अमिर सातौंं चरणमा डिक्चेन दोर्जीलाई हराउँदै पाँच अंक जोडेर तेस्रो स्थानमा छन् ।  

एक हजार आठ सय ३४ रेटेट खेलाडी पुरुषोत्तमले बंगलादेशका दुई हजार दुई सय १२ रेटेड फिडे मास्टर हसन पराग मेहन्दीलाई पराजित गरेका छन् ।

क्षितिज भण्डारीले सातौं चरणमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामा तथा छैटौं चरणमा भुटानका डिक्चेन दोर्जीलाई हराए ।

महिलातर्फ चौथो र पाँचौं चरणको खेल सम्पन्न हुँदा भारतीय इन्टरनेशनल मास्टर दुई हजार दुई सय २५ रेटेड साक्षी आनन्द पाँच अंकसहित शीर्ष स्थानमा कायम छिन् ।

पाँचौं चरणको खेलमा नेपालकी सुशीला गुरुङलाई पराजित गरेकी आनन्दले चौथो चरणमा माल्दिभ्सकी नुहा रिवानबाट वाक ओभर पाएकी थिइन् ।

बंगलादेशकी एक हजार नौं १३ रेटेड वदिफा अहमद चार अंकका साथ दोस्रो स्थानमा छिन् । उनले चौथो चरणमा सुशीला गुरुङतथा पाँचौं चरणमा शान्ति धिमाललाई पराजित गरिन् ।

ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा जारी प्रतियोगितामा नेपालकी एक हजार सात सय ५३ रेटेड फिडे मास्टर सुजना लोहनी र बंगलादेशककी एक हजार आड सय ५२ रेटेड जन्नतउल फेरडोस ३.५ अंक जोडेर संयुक्त रूपमा तेस्रो स्थानमा छन्  ।

चौथो चरणमा जन्नतउलसँग बराबरी खेलेकी सुजनाले पाँचौं चरणमा नहा रिजवानबाट वाक ओभर पाइन् ।  जन्नतउलले पाँचौँ चरणको खेलमा रिया श्रेष्ठलाई हराइन् ।

आइतबार सम्पन्न  हुने प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद ,ललितपुरका स्थानीय निकायहरू ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, कोन्जोसम गाउँपालिका, बागमती गाउँ पालिका, महाँकाल गाउँपालिका र ललितपुर जिल्ला समन्वय समितिले सहयोग गरेका छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP