वैशाख २८, २०८२ आइतबार | १४:२१:४३
गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण

मधेष प्रदेशका सबै स्क्वास खेलाडीलाई डेंगी संक्रमण

पोखरा । डेंगी रोगको संक्रमणका कारण मधेष प्रदेशको पुरुष स्क्वास टोलीले सोमबारबाट खेल परित्याग गरेको छ ।

संक्रमणका कारण तीन खेलाडी सम्मिलित मधेषको टोलीका सैलेन्द्र खड्का पोखरा आउनै सकेका थिएनन् । दुई खेलाडीमात्र लिएर आएको मधेषको टोलीका बाँकी सदस्यलाई पनि आइतबार डेंगीको संक्रमण पुष्टी भएको नेपाल स्क्वास एण्ड र्याकेट्स संघका कोषाध्यक्ष रुपक दास ताम्राकारले खेलाडी डटकमलाई जानकारी गराए ।

ताम्राकारका अनुसार मधेष प्रदेशका बाँकी दुई खेलाडी सुगम तुल्सियान र राकेश गुप्तालाई आइतबारबाट ज्वरो आएपछि परिक्षण गर्दा डेंगी संक्रमण देखिएको थियो । उनीहरुले आइतबारसम्मका खेल खेलेका थिए ।

आइतबार पुरुष टिम इभेन्ट्समा लुम्बिनी र प्रदेश एकसँग पराजित भइसकेको टोलीले टिम इभेन्ट्समा सोमबार गण्डकी प्रदेशसँग खेल्ने तालिका थियो ।

पुरुष ओपनको खेलमा राकेश पासाङ भ्लोनसँग ३-१ ले पराजित भएका थिए भने सुगमले पहिलो खेलमा दिलिप अधिकारीमाथि ३-० को जित हासिल गरेका थिए । दोस्रो चरणको खेलमा उनी अमिर भ्लोनसँग ३-० कै नतिजामा पराजित भएर बाहिरिका थिए ।

पुरुष खुल्लाको फाइनलमा गण्डकीका अमृत थापा मगरले पाँच सेटसम्म प्रतिस्पर्धा गर्दै बागमतीका अरहन्तकेशर सिंहलाई ३-२ को नतिजामा हराउँदै स्वर्ण पदक हात पारेका थिए ।

अरहन्तकेशरले रजत पदक हात पार्दा सेमिफाइनलमा पराजित भएका गण्डकीका दीपक तथा र बागमतीका अमिर भ्लोनले कांस्य पदकमा चित्त बुझाएका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP