माघ २६, २०८२ सोमबार | १५:४०:५७
शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित

कान्छो विधाका ‘कान्छा बा!’

काठमाडौं ।नेपाली पत्रकारिताको इतिहास खासै लामो होइन । झन् खेलकुद पत्रकारिता त पत्रकारिताभित्रकै कान्छो विधा हो । लामो समय ‘मिसन पत्रकारिता’मा रमेको नेपाली पत्रकारिताले निकै ढिलो गरी खेलकुद पत्रकारितालाई विधा मान्यो । पत्रकारिताकै भाषामा भन्दा बिट पत्रकारिता ।

नेपालमा विसं. २०५० को दशक सुरु हुँदा केही प्रकाशन गृहले दैनिक पत्रिकाले प्रकाशन सुरु गरेका थिए । जसका कारण नेपाली पत्रकारिता व्यावसायिक युगमा प्रवेश गरेको भनियो । पत्रकारिता बजारमा दैनिक पत्रिकाले पाइला राखे पनि खेलकुदलाई भने बिट मान्न सुरु गरिएको थिएन । खेलकुदका समाचारलाई अन्तिम पृष्ठको एउटा सानो कुनामा सीमित गरिन्थ्यो ।

तर, यो सिलसिला किन जारी रहन सक्थ्यो र । कुनै न कुनै दिन खेलकुद पत्रकारिताले आफ्नो हक पाउनेवाला त थियो नै । यद्यपि यो खेलकुद पत्रकारहरूको अभियानविना सम्भव थिएन । यो अभियानलाई अघि बढाउने सिनियर खेलपत्रकारमध्ये एक हुन्, हेमन्त काफ्ले ।

‘त्यतिबेलाका सम्पादकहरू खेलकुदलाई बिट मान्न तयार देखिँदैन थिए । हामीले लेखेको समाचार कुनै एउटा पेजको कुनामा छापिन्थ्यो । तर हामीले आफ्नो कर्तव्य जारी राख्यौं । किनभने हामीलाई थाहा थियो कुनै दिन यो विधा स्थापित हुनेछ,’ काफ्ले खेल पत्रकारिताको सुरुआती दिन सम्झन्छन् ।

हाल अस्ट्रेलियामा रहेका काफ्ले नेपाली खेलकुद पत्रकारिताको पहिलो पुस्ता (५० को दशकपछि) का पत्रकार हुन् । नेपाली खेल पत्रकारमाझ मात्रै होइन, समग्र खेलकुदजगतमै ‘कान्छा बा’ को उपनामले परिचित काफ्ले खेलकुद पत्रकारिताका ‘पायोनियर’ हुन् । यसले उनलाई खेल पत्रकारितामा ‘स्पेसल कान्छा बा’ बनाएको छ ।

उनकै पुस्ता पत्रकारितामा प्रवेश गरेपछि खेलकुद पत्रकारिताले बिटको मान्यता पाएको हो । यद्यपि कान्छा बासँगै उनका समकालीनलाई अभियानको सुरुआत भने सजिलो भएन । सुरुका दिनमा कुनै भित्री पेजको सानो कुनामा सीमित खेलकुदका समाचारले केही वर्षपछि दैनिक पत्रिकाका आधा पेज पाउन थाले । हुन त समस्या पत्रिकामा स्थान नपाउने मात्र थिएन । समाचार खोज्नै कष्ट थियो ।

‘त्यतिबेला खेलकुद गतिविधि धेरै हुँदैनथ्यो । गतिविधि नै नभएपछि हामीले समाचार पाउने कुरै भएन । कुनै ठाउँमा प्रतियोगिता हुँदै छ भन्ने थाहा भयो भने हामी त्यहाँ जेसुकै गरेर भए पनि पुग्थ्यौं । चाहे दुई-तीन घण्टाको यात्रा गरेर नै किन नहोस्,’ हाल नेपाल भ्रमणमा रहेका पत्रकार काफ्ले सुनाउँछन् ।

उनको पत्रकारिता सुरुआत समकालीन साप्ताहिकबाट भयो । जहाँ उनी ‘इन्टर्न’का हैसियतले आबद्ध भएका थिए । त्यसपछि उनले ‘पर्दा’ नामको सिने पत्रिकामा सरे । केही समय चलचित्र पत्रकारितामा व्यस्त भए उनी । काफ्लेका अनुसार त्यतिबेला चलचित्र पत्रकारिताले बिटको दर्जा पाइसकेको थियो । केही समय चलचित्र पत्रकारिता रमेपछि उनी हिमालय टाइम्स दैनिकसँग आबद्ध भए ।

पत्रकारितामा काफ्लेको प्रवेश औपचारिक डिग्री लिएर भएको थियो । यसको मतलब उनले पत्रकारिता विषय अध्ययन गरेरै यो पेसामा हाम फालेका थिए, कुनै राजनीतिक साप्ताहिकको ‘एजेन्डा म्यान’ भएर होइन । हेमन्तले विद्यालय शिक्षा पूरा गर्दैगर्दा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा पत्रकारिता विषयको अध्यापन सुरु भइसकेको थियो । एसएलसी पास गरेपछि हेमन्त आरआरमा भर्ना भए । आईए हुँदै बीए उत्तीर्ण भएपछि उनले पत्रकारिता सुरु गरे ।

उनको पत्रकारिता सुरुआत समकालीन साप्ताहिकबाट भयो । जहाँ उनी ‘इन्टर्न’का हैसियतले आबद्ध भएका थिए । त्यसपछि उनले ‘पर्दा’ नामको सिने पत्रिकामा सरे । केही समय चलचित्र पत्रकारितामा व्यस्त भए उनी । काफ्लेका अनुसार त्यतिबेला चलचित्र पत्रकारिताले बिटको दर्जा पाइसकेको थियो । केही समय चलचित्र पत्रकारिता रमेपछि उनी हिमालय टाइम्स दैनिकसँग आबद्ध भए ।

हिमालय टाइम्सबाट ब्रोडसिटको यात्रामा निस्किएका काफ्लेको यात्रा अन्नपूर्ण पोस्टसम्म पुग्यो । यी दुई पत्रिकामा गरी उनी दुई दशक खेलकुद पत्रकारितामा रमाए । यस दौरान उनले निकै ‘एगे्रसिभ’ पत्रकारिता गरे । काफ्लेको हकमा उनकै शब्दमा ‘एगे्रसिभ’को माने विकृति र विसंगतिविरुद्ध लेखिएका कडा समाचार नै हुन् । 

‘म मुख्यगरी नेपाली खेलकुदभित्रको राजनीतिबारे लेख्थें । राष्ट्रिय खेलकुद परिषद, ओलम्पिक कमिटी, खेलकुद मन्त्रालयलगायतबारे समाचार लेख्थे । त्यहाँ हुने अनियमिततादेखि अरू खेलकुदका विकृति र विसंगतिलाई समाचार बनाइन्थ्यो । यस अर्थमा मैले गरेको पत्रकारिता एगे्रसिभ थियो,’ काफ्ले भन्छन्, ‘परिषदलगायतका सरकारी निकायमा म पुग्दा त्यहाँका कर्मचारीको मुहार रातोपिरो हुने गथ्र्याे । मलाई देख्दा उनीहरू खुसी हुँदैन थिए ।’

त्यतिबेला र अहिलेको खेलकुद पत्रकारिताको फरकबारे सोध्दा उनले नयाँ पुस्ताका पत्रकारले खेलकुद राजनीति र त्यहाँ हुने विकृतिबारे भने कमै कलम चलाएको आफ्नो अनुभव सुनाए । यद्यपि अहिलेको खेलकुद पत्रकारितामा सकारात्मक कुरा धेरै रहेको उनको निष्कर्ष छ ।

‘हाम्रो पालामा खेलकुद पत्रकारिताका लागि स्थान कम थियो । तर, अहिले त कतिपय पत्रिकाले दुई पेजसम्म स्थान दिएका छन् । अनि फुटबल, क्रिकेटलगायतका खेलबारे लेख्न फरक-फरक पत्रकार राखिएका छन् । यो निकै सकारात्मक कुरा हो,’ काफ्लेको भनाइ थियो ।

काफ्लेको योगदान खेलकुद पत्रकारितालाई बिटको मान्यता दिलाउनमा मात्रै सीमित छैन । उनले नेपाल खेलकुद पत्रकार मञ्चको स्थापनाका लागि पनि बिर्सन नसकिने भूमिका खेलेका थिए । त्यसकै नतिजा हुनुपर्छ, उनी लामो समय मञ्चको नेतृत्व तहमा रहे । नेपालका खेलकुद पत्रकारहरूलाई संगठित बनाएको यो संस्थामा उनी लगातार तीन कार्यकालसम्म महासचिव पदमा रहे ।

मञ्चको स्थापना र यसलाई दरिलो संस्थामा रूपान्तरित गर्ने अभियानमा लागेका काफ्ले नेपाल पत्रकार महासंघको राजनीतिमा पनि सक्रिय थिए । मञ्चलाई महासंघको एसोसिएट संस्थाका रूपमा मान्यता दिलाउन भूमिका खेलेका उनी महासंघको केन्द्रीय कोषाध्यक्षसमेत बने ।

२०६२/६३ को आन्दोलनताका सडकमा नेपाली पत्रकारहरूको मोर्चाको नेतृत्व गर्र्दा उनले सुरक्षाकर्मीका थुप्रै लाठी खाए । नौपल्ट त जेल परे । नेपालमा प्रेस स्वतन्त्रताको अभियानलाई सही ट्र्याकमा ल्याउने लडाइ“मा नेतृत्वदायी भूमिका निर्वाह गर्ने थोरै पत्रकार नेतामा उनको नाम अहिले पनि स्मरण गरिन्छ । 

‘मेरो स्वभाव नै डेमोक्र्याटको हो । फेरि लोकतन्त्रविना प्रेस स्वतन्त्रता सम्भव छैन भन्ने तथ्यमा अडिग थिएँ । यसकारण लोकतान्त्रिक गणतन्त्रका लागि हामी सडकमा ओर्लिएकै हौं,’ काफ्लेको दाबी छ ।

सात वर्षअघि अस्ट्रेलिया पुगेका उनले त्यहाँ पनि आफ्नो पत्रकारितालाई जारी राखेका छन् । त्यहाँ उनकै नेतृत्वमा अस्टे«लियन-नेप्लिज जर्नालिस्ट एसोसिएसन सक्रिय छ । अनि उनले सेतोपाटी डटकमको अस्ट्रेलिया संयोजकका रूपमा पनि काम गरिरहेका छन् ।

अस्ट्रेलियामा पनि सक्रिय पत्रकारिता गरिरहेका काफ्ले त्यहाँ र नेपालको पत्रकारिताबीचको भिन्नताबारे के देख्छन् त ? उनी भन्छन्, ‘त्यहाँको पत्रकारिता गम्भीर र जिम्मेवार छ । यहाँ जस्तो अरेको भरमा खबर छापिँदैन । किनभने यस्ता समाचार पुष्टि हुन नसके, प्रकाशकले करोडौँ डलरमा जरिवाना तिर्नुपर्ने स्थिति आउँछ । त्यही भएर समाचारको समेत बीमा गरिन्छ । तर यहाँ त कसैले आरोप लगाएकै भरमा मेन न्युज बन्छ । अदालतले प्रमाणित गर्नुअघि पत्रकारले दोषी करार गरिदिन्छन् । यस्तो गलत अभ्यास अस्ट्रेलियामा हुँदैन ।’

काफ्ले आफ्नो पत्रकारिता यात्रालाई सम्झिँदा रोमाञ्चित हुन्छन् । भलै, करियरको सुरुआती चरणमा समाचार लेखेकै कारण धम्कीको सामना गर्नुपरेको किन नहोस् । ‘त्यतिबेला खेलकुदमा गुण्डागर्दी थियो वा भनौं खेलकुदमा गुण्डाराज चल्थ्यो । समाचार लेखेकै भरमा धम्की आउँथ्यो । तर ज्यानको असुरक्षा हुँदा पनि लेख्न छाडिएन । हामीलाई केही भइहालेको भए पत्रकार महासंघले एउटा विज्ञप्ति निकाल्थ्यो होला । योबाहेक अरू केही हुनसक्ने अवस्था थिएन,’ उनले विगतको अवस्था सम्झाए । यद्यपि काठमाडौंको डिल्लीबजार क्षेत्रका रैथाने ‘कान्छा बा’ले भौतिक आक्रामणकै सामना भने गर्नुपरेन ।

खेलकुद पत्रकारिताको गहिरो अनुभव र समग्र नेपाली पत्रकारिताको विकासलाई नै नजिकबाट नियालेका र त्यसको हिस्सा बनेका काफ्लेका केही सुझाव छन्, नयाँ पुस्ताका लागि । अझभन्दा युवा खेलपत्रकारका लागि ।

‘नेपाल (देश) हाँक्ने राजनीतिक दलका नेता अनि कर्मचारीतन्त्रले अझै पनि खेलकुदलाई गम्भीर ढंगले लिएको देखिएको छैन । उनीहरूले खेलकुदलाई शरीरलाई तन्दुरुस्त राख्ने माध्यमका रूपमा मात्रै लिएका छन् । जबकि यसले कुनै पनि देशलाई विश्वमा चिनाउने सामथ्र्य राख्छ । यसकारण खेलकुद पत्रकारले यो मनोविज्ञान परिवर्तन हुनेगरी कलम चलाउनुपर्छ,’ उनको सुझाव छ ।

देशको खेलकुद विकासले गति लिएमात्रै खेलकुद पत्रकारिताको दायरा फराकिलो हुने बुझाइ छ उनको । नेपालको खेलकुदले अपेक्षित सफलता हासिल गर्न नसक्नुको कारण कमजोर खेलकुद नीति भएको उनको ठम्याइ छ । ‘देशको खेलकुद नीति यस्तो हुनुपर्छ भनेर सरकारलाई झक्झकाउने काम खेलकुद पत्रकारको हो । यहींनेर हाम्रा युवा पिँढीले दरिलो भूमिका खेल्न सक्छन्,’ हँसिला ‘कान्छा बा’ले हाँस्दै भने ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं