कार्तिक ८, २०८२ शनिबार | ०३:५९:००
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

वीर अस्पतालमा ‘ब्लड डोनेसन’ गर्दै कराते खेलाडी

‘ब्लड डोनेसन’ गर्दै एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ ।

काठमाडौं । जेन जी आन्दोलननका कारण काठमाडौंका अस्पतालमा रगतको कमि भएपछि सहयोगका लागि कराते खेलाडी वीर अस्पताल पुगेका छन् ।

सोमबार सुशासन, भ्रष्टाचार र बन्द सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहितको प्रदर्शनमा प्रहरीको दमनबाट देशभर ४०० बढी घाइते हुँदा १९ जना युवाले ज्यान गुमाएका थिए । जसका कारण उपत्यकाका अस्पतालमा रगतको अभाव भएको हो ।

घाइते आन्दोलनकारीको संख्या बढ्न थालेपछि सोमबारै काठमाडौंका अस्पतालहरूले रगत अभाव भएको सुचना निकालेका थिए । यही अवस्थालाई मध्यनजर गर्दै १९औं एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ, १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता तथा प्रशिक्षक मन्डेकाजी श्रेष्ठ, साग स्वर्णधारी एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय खेलाडी सन्तोष श्रेष्ठ, सविना श्रेष्ठलगायत ‘ब्लड डोनेसन’का लागि वीर अस्पताल पुगेका हुन् ।

‘ब्लड डोनेसन’  गर्दै  सागका दोहोरो स्वर्णपदक विजेता तथा प्रशिक्षक मन्डेकाजी श्रेष्ठ ।

सोमबार भएको घटनाको विरोध गर्दै देशका विभिन्न ठाउँमा अहिले पनि प्रदर्शन भइरहेको छ । यसैबीच जिल्ला प्रशासन कार्यलय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain