काठमाडौं । नेपाली करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा हुने कराते विश्व च्याम्पियनसिपमा एकल काताका लागि छनोट भएकी छन् ।
विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै सानुमाया प्रतियोगिताका लागि छनोट भएको जानकारी दियाे । कराते विश्व च्याम्पियन आगामी नोभेम्बर २७ देखि ३०सम्म कायरोमा हुँदैछ ।
उनी विश्व वरियताको आधारमा छनोट भएकी हुन् । नेपाली कराते टोलीको काता प्रशिक्षकमा १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ छन् ।
प्रशिक्षक श्रेष्ठले यो नेपाली करातेका लागि ठूलो अवसर र सफलता रहेको बताए । गत मेमा उज्वेकिस्तानमा सम्पन्न एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन् । छनोट भएर नेपालले पहिलोपल्ट कराते विश्व च्याम्पियनसिप खेल्ने भएको छ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
