काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले मोरोक्कोमा हुने कराते वान प्रिमियर लिगमा सहभागिता जनाउने भएकी छन् ।
एसियन कराते च्याम्पियनसिप खेल्ने उज्वेकिस्तान पुगेकी एरिका उतैबाट मोरोक्को प्रस्थान गरेको करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।
यही मे ३० देखि जुन १ सम्म रातवमा हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथिमा प्रतिस्पर्धा गर्नेछिन् ।
यो विधामा २४ देशका उत्कृष्ट ३२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । एरिका नेपालबाट छनोट हुने एक मात्र खेलाडी हुन् ।
यो प्रतियोगिता कराते लिग इभेन्टमा विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । यसमा हरेक विधामा विश्वभरबाट ३२ खेलाडीले मात्र सहभागी हुन पाउनेछन् ।
विश्व कराते महसंघको आयोजनामा हुँदै आएको यो प्रतियोगिता सन् २०११ देखि सुरु भएको हो ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
