मंसिर ३०, २०८२ मंगलबार | ११:२७:३४
हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित

सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई सगरमाथाको चुचुरोमा सम्मान

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठको तस्विर अंकित ब्यानर सगरमाथाको चुचुरोमा फहराइएको छ ।

कराते खेलाडी कुन्जाङ छोपेल शेर्पाले सगमाथाको चुचुरोमा  तस्विर पुर्याएर मन्डेकाजीलाई सम्मान गरेकी हुन् ।

नेपाल प्रहरीमा कार्यरत कुन्जाङले गत साता सगमाथको सफल आरोहण गरेकी थिइन् । उनी सगरमाथा ओरहण गर्ने पहिलो कराते खेलाडी तथा महिला प्रहरी हुन् ।

बिहीबार काठमाडौं आइपुगेकी कुन्जाङलाई नेपाल प्रहरीले त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरेको थियो ।

बौद्ध डोजोकी खेलाडी कुन्जाङले मन्डेकाजीकाे तस्विरसहित नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर तथा ‘महिलाविरुद्धको हिंसालाई अन्त्य गरौं’ भन्ने नारासहितको ब्यानर पनि सगरमाथाको चुचुरोमा पुर्याएकी थिइन् ।

सगरमाथाको सफल आरोहण पछि शेर्पालाई प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी नायब निरीक्षक (सई)  मा बढुवा गरिएको हो ।

को हुन् मन्डेकाजी श्रेष्ठ ?

भक्तपुरको मध्यपुर थिमीका स्थानिय बासिन्दा मण्डेकाजी करातेमा लागेको तीन दशक पुग्न आँटिसकेको छ । सानैदेखि यो खेलमा लागेका उनले सन् २०१९ मा घरेलु भूमिमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)  मा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाएका थिए ।

उनले सागमा एकल र टिम काताका स्वर्ण पदक जितेका थिए । उनले अन्य धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाललाई पदक दिलाइसकेका छन् ।

यसैगरी मण्डेकाजीले मध्यमाञ्चल तथा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दा राष्ट्रियस्तरका धेरै प्रतियोगितामा पदक जितेका छन् । उनी अहिले प्रशिक्षकका रूपमा काम गरिरहेका छन् ।  

अब फेरिएको भूमिकामा पनि मन्डेकाजी उत्तिकै अब्बल रूपमा प्रस्तुत भइरहेका छन् । मन्डेकाजीसँगै राजेश श्रेष्ठ र केदार सिंखडाको प्रशिक्षणमा नेपाल प्रहरीले नेपाली करातेमा पछिल्लो समय एकछत्र राज गरिरहेको छ ।

मण्डेकाजीले राष्ट्रिय टोलीमा पनि प्रशिक्षकका रूपमा काम गरिरहेका छन् ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team