पुस ७, २०८१ आइतबार | ११:४०:५३
रोमाञ्चक जित निकाल्दै नापोली शीर्षस्थानमा आर्सनलको सहज जित एट्लेटिको १८ वर्षपछि बार्सिलोनाको घरेलु मैदानमा विजयी न्युटन च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा एनआरटी फाइनलमा मेरा लागि ललित उत्कृष्ट खेलाडी हुन्: जनकपुरका प्रशिक्षक पुबुदु दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन रोमाञ्चक जित निकाल्दै नापोली शीर्षस्थानमा आर्सनलको सहज जित एट्लेटिको १८ वर्षपछि बार्सिलोनाको घरेलु मैदानमा विजयी न्युटन च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा एनआरटी फाइनलमा मेरा लागि ललित उत्कृष्ट खेलाडी हुन्: जनकपुरका प्रशिक्षक पुबुदु दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन

साहना प्रधान स्मृति राष्ट्रिय हक्की शनिबारदेखि हुने

काठमाडौं । नेपाल हक्की संघको आयोजनामा छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए ।

सहभागी टाेलीलाई दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहका शीर्ष दुईले टोली सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । यसैगरी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगिता सञ्चालन गर्न सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संघ संस्थाले सहयोग गर्ने बताइएको छ ।

पाँच दिने प्रतियोगिताका खेलहरु धुलिखेल खेलकुद मैदानमा हुनेछ ।

हक्की संघले प्रशिक्षक तथा निर्णायकलाई समयानुकुल परिस्कृत गर्दै लाने उद्देश्यले प्रतियोगिताका दौरान एसियन हक्की महासघंको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि धुलिखेलमा हुने भएको छ ।

रंगशाला र प्रशिक्षण केन्द्रका लागि जग्गा प्राप्त

पत्रकार सम्मेलनमा हक्कीको अन्तर्राष्ट्रिय स्तरको रंगशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि धुलिखेलमा जग्गा प्राप्त भएको जानकारी दिइयो । महासचिव श्रेष्ठले रंगशाला र प्रशिक्षण केन्द्र बनाउन काभ्रेको धुलिखेल नगरपालिकाले हक्की सघंलाई धुलिखेल नगरपालिकाको वडा नं। १२ मा रहेको खेल मैदान उपलब्ध गराएको बताइन् ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले सोका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको र अन्तिम चरणमा पुगको बताइएको छ ।


भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1