इङ्लिस प्रिमियर लिग

एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब एभर्टनले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ ।

 प्रिमियर लिगमा टोलीले निरन्तर खराब प्रदर्शन गरेपछि एभर्टनले सोमबार लाम्पार्डलाई बर्खास्त गरेको हो।

शनिबार मात्र एभर्टन वेस्ट ह्यामसँग २–० ले पराजित भएको थियो । प्रिमियर लिगमा २० खेलमा तीन जित,६ बराबरी र ११ हारको नतिजासहित १५ अंक जोडेर १९ औं स्थानमा रहेको एभर्टन रेलिगेसन क्षेत्रमा छ ।

सन् २०२२ मा राफायल बेनिटेज बर्खास्त भएपछि इंग्ल्यान्डका पूर्व मिडफिल्डर लाम्पार्ड एभर्टनको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

४३ वर्षीय लाम्पार्डले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका थिए । तर, सम्झौता नसकिदै उनी बर्खास्तमा परेका हुन् ।