अञ्जन विष्ट

अञ्जन आइ लिग खेल्न भारत प्रस्थान

तस्बिरः सामजिक संञ्जालबाट साभार

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्टले भारतको आइ लिग खेल्ने भएका छन् ।

अञ्जनलाई आई लिग क्लब मुम्बई केन्क्रे एफसीले जारी सिजनका लागि अुनबन्ध गरेको बताइए पनि क्लबले औपचारिक रुपमा घोषणा भने गरिसकेको छैन।

अञ्जन आइ लिगका लागि शनिबार भारत प्रस्थान गरिसकेका छन् ।

केन्क्रे हाल १२ खेलबाट दश अंकका साथ लिगको ११ औं स्थानमा रहँदै रेलिगेसन क्षेत्रमा छ । चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित अन्जन  आगमी मार्चमा आइ–लिग सिजन सकिएपछि ए डिभिजन लिगका लागि नेपाल फर्किनेछन्।

नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ  राउण्डग्लास पञ्जाब एफसीसँग आइ लिग खेलिरहेका छन् । केन्क्रे र पञ्जाब फेब्रुअरी १ मा आमनेसामने हुँदैछन्।