वैशाख १३, २०८२ शनिबार | ०९:५०:०८
नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ? मुलपानी मैदानमा टुटेको विश्वकप सपना बेलायती फुटबलः खेलमा रमाउन छाडे फुच्चे फुटबलर, किन ? अन्योलमय दक्षिण एसियाली खेलकुदको भविष्य नेपाललाई स्वर्ण एपिएफ र पुलिस उपाधिका लागि भिड्ने ब्वाइज युनियनको कठिन जित विश्वकप छनोटका लागि नेपाली टोली घोषणा नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ? मुलपानी मैदानमा टुटेको विश्वकप सपना बेलायती फुटबलः खेलमा रमाउन छाडे फुच्चे फुटबलर, किन ? अन्योलमय दक्षिण एसियाली खेलकुदको भविष्य नेपाललाई स्वर्ण एपिएफ र पुलिस उपाधिका लागि भिड्ने ब्वाइज युनियनको कठिन जित विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

घाँस रोप्न ४० लाख खर्चिएको नेपालगन्ज रंगशाला काँसेझाडीमा परिणत 

नेपालगन्ज, (खेलाडी)- नेपालगन्ज रंगशालालाई झण्डै ४० लाख रुपैयाँमा बर्मुडा घाँस लगाएर हराभरा बनाइएको तीन वर्ष पनि भइसकेको छैन । तर त्यसको उचित रेखदेख नहुँदा आठौं राष्ट्रिय खेलकुदका लागि लोभलाग्दो बनाइएको नेपालगन्ज रंगशालाको मैदान अहिले काँसे झाडीमा परिणत भएको छ ।

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र क्षेत्रीय खेलकुद विकास समितिको लापरवाहीका कारण डेढ वर्ष देखि नेपालगन्ज रंगशालाको फुटबल मैदानमा उम्रिएको घास उखाल्ने र पानी हाल्ने काम समेत हुन सकेको छैन ।

आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करिव २५ करोड रुपैयाँ खर्च गरेर  नेपालगन्ज रंगशाला निर्माण गरिएको थियो । ४० लाख रुपैयाँ त फुटबल मैदानको घासका लागि मात्र खर्च गरिएको थियो । घाँसमै त्यति धेरै रकम खर्चेपछि खेलकुद परिषदका तात्कालिन सदस्यसचिव केशवकुमार बिष्टले नेपालगञ्ज रंगशाला गुणस्तरका दृष्टिले देशकै एक नम्बर भएको दाबी गरेका थिए । 

खेलकुद परिषदले डेढ वर्ष देखि मैदानको रेखदेखका लागि बजेट र जनशक्ति नदिएका कारण रंगशाला कासेझाडीमा परिणत भएको छ 

तर बरमुडा घाँसका लागि ४० लाख रुपैयाँ खर्च गरेको खेलकुद परिषदले पानी चार्नका लागि मोटर पाइप, खेल मैदानमा उत्रिएका घास उखल्ने र घास काट्ने मेसिन र कर्मचारी व्यवस्थापनमा भने कुनै चासो देखाएको छैन । 
 
खेलकुद परिषदले डेढ वर्ष देखि मैदानको रेखदेखका लागि बजेट र जनशक्ति नदिएका कारण रंगशाला कासेझाडीमा परिणत भएको क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका प्रमुख महेश चन्द बताउँछन् । 

रंगशालाको खेल मैदान काँसे झाडीमा परिणत भएको वर्षाै बितिसक्दा पनि खेलकुद परिषद रमिते बनेपछि स्थानीय खेलप्रेमीहरुले नेपाली सेनाको भैरवप्रसाद गणसँग सहकार्य गरेर फुटबल मैदानमा उम्रिएको झाडी सफाई अभियान सुरु गरेका छन । 

फुटबल मैदान काँसे झाडीमा परिषण भएका कारण लामो समय देखि नेपालगन्ज रंगशालामा खेलाडीले अभ्यास गर्न पाएका छैनन् ।

नेपालगन्जमै अन्र्तराष्ट्रिय स्तरको फुटबल मैदान भए पनि नेपाली सेना र विद्यालयको खेल मैदानमा अध्यास गराउनु पर्ने बाध्यता भएको फुटबल प्रशिक्षक जनक केसीको दुखेसो छ । 

स्थानीय फुटबलप्रेमीहरुको अगुवाईमा मैदानको व्यवस्थापन गरेर असोज १५ गते देखि जिल्ला स्तरिय फुटबल प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको छ । 

रोयल नेपालगन्ज फुटबल क्लबका अध्यक्ष सूर्यमणि अधिकारी भन्छन्, ‘राज्यले ठूलो रकम खर्च गरेर रंगशाला बनाए पनि त्यसको संरक्षणमा चासो देखाएन । सरोकारवाला निकायहरु एक-अर्कामा दोषारोपण गर्नमै मस्त छन् । त्यसैले हामी आफै अग्रसर भएर मैदान सफा गर्न लागेका हौं । मैदान तयार भएपछि आफै प्रतियोगिता पनि गर्ने योजना छ ।’

०७५ साल फागुनमा नेपालगन्ज रंगशालाको ८ हजार १ सय २६ बर्गमिटर क्षेत्रमा  बर्मुडा घास लगाइएको थियो ।
 


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC