वैशाख २८, २०८२ आइतबार | २०:३१:४६
न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित

राष्ट्रिय खेलकुदमा नियम मिच्दै भइरहेछ फुटबल

पोखरा । बागमती प्रदेशको महिला फुटबल टोलीले नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्यो ।

स्याङजाको वालिङमा जारी महिला फुटबलमा शुक्रबार पनि बागमतीले लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बनाएको तालिकाअनुसार फुटबलका पुरुष र महिला दुवै स्पर्धामा लगातार २४ घण्टाको फरकमा हुने थुप्रै खेलमध्ये यो एउटा उदाहरणमात्र हो ।

‘फुटबलजस्तो कडा शारीरिक प्रतिस्पर्धा हुने खेलमा खेलाडीको मांसपेशी यथाअवस्थामा आइपुग्न धेरै समय लाग्छ । राम्ररी ‘रिकभर’ नभइ पुनः अर्को खेल खेले चोटको सम्भावना धेरै हुन्छ । त्यही भएर फिफाले कम्तिमा ४८ घण्टाको फरक हुनुपर्ने नियम बनाएको हो । तर यहाँ भट्टाभट खेल भइरहेका छन्,’ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का भन्छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको मापदण्डअनुसार फुटबलमा एउटा खेलपछि अर्को खेल गराउन कम्तिमा ४८ घण्टाको फरक हुनु अनिवार्य छ । अझ कोभिड १९ को महामारीपछि यो प्रावधानमा दुई खेलबीचको अन्तर अझ बढाइएको छ । खेलाडीले पर्याप्त मात्रामा आरामको मौका दिँदै चोटको सम्भावना न्युनीकरण गर्नका लागि फिफाले धेरै अनुसन्धानपश्चात यस्तो प्रावधान राखेको हो ।

‘फुटबलजस्तो कडा शारीरिक प्रतिस्पर्धा हुने खेलमा खेलाडीको मांसपेशी यथाअवस्थामा आइपुग्न धेरै समय लाग्छ । राम्ररी ‘रिकभर’ नभइ पुनः अर्को खेल खेले चोटको सम्भावना धेरै हुन्छ । त्यही भएर फिफाले कम्तिमा ४८ घण्टाको फरक हुनुपर्ने नियम बनाएको हो । तर यहाँ भट्टाभट खेल भइरहेका छन्,’ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का भन्छन् ।

राष्ट्रिय खेलकुद परिषदका फुटबल मुख्य प्रशिक्षक अरुणा गुरुङलाई फुटबलको सामान्य मापदण्ड पनि पालना नगरी प्रतियोगिता गर्न मिल्छ भनेर खेलाडी डटकमले सोधेको थियो । गुरुङले हचुवा पारामा उत्तर दिइन, ‘मिल्छ, मिल्दैन थाहा छैन । यहाँ खेल भइरहेको छ । टाइसिट आइसक्यो । अब फेर्न सम्भव हुँदैन ।’

एन्फाको सचिवालयले भने राष्ट्रिय खेलकुदको आयोजक राष्ट्रिय खेलकुद परिषदले सात दिनको बीचमा ११ टोली सहभागी रहेको प्रतियोगिता सम्पन्न गर्नुपर्ने भनेकाले बाध्यतापूर्वक यस्तो खेलतालिका बनाउनुपरेको बताए । उनले भने, ‘राष्ट्रिय खेकलुदको नाममा सब झारो टार्ने काम भइरहेको छ । फुटबलको मर्ममाथि नै प्रहार गरेर गरिने प्र्रतियोगिताले फुटबल विकासमा कुनै योगदान गर्दैन । बरु यसले खेलको भावना मार्ने र समग्रमा खेलको विनास गर्ने काम गर्छ ।

राष्ट्रिय खेलकुद परिषदका फुटबल मुख्य प्रशिक्षक अरुणा गुरुङलाई फुटबलको सामान्य मापदण्ड पनि पालना नगरी प्रतियोगिता गर्न मिल्छ भनेर खेलाडी डटकमले सोधेको थियो । गुरुङले हचुवा पारामा उत्तर दिइन, ‘मिल्छ, मिल्दैन थाहा छैन । यहाँ खेल भइरहेको छ । टाइसिट आइसक्यो । अब फेर्न सम्भव हुँदैन ।’

‘कुन टिममा कसले खेल्न पाउने भनेर कार्यविधिमा प्रष्टसँग उल्लेख गरिएको छ । त्यसअनुसार एनआरएनएको टिमबाट खेल्नका लागि कम्तिमा एक सय ८० दिन विदेशमा बसेर एनआरएन कार्ड लिएको हुनुपर्छ । तर, केही दिनअघिमात्र नेपालको राष्ट्रिय टोलीबाट खेलेका खेलाडीलाई एनआरएनएको टिमबाट खेलाइएको छ । अब आयोजक राखेप र एन्फाले उनीहरु गैह्र आवासीय नेपाली भएको प्रमाणित गर्नुपर्छ,’

पुरुष फुटबलमा बिहीबार एनआरएनएले नेपाली राष्ट्रिय खेलाडीलाई सहभागी गराएको भन्दै चर्को विरोध भएको थियो । प्रदेश एकले एनआरएनएको टिममा गैह्र आवासीय नेपाली नै हुनुपर्ने भन्दै विरोध जनाएपछि प्रदेश एक र एनआरएनएबीचको उद्घाटन खेल झण्डै डेढ घण्टा ढिलो गरि सुरु भएको थियो ।

प्रदेश एकका व्यवस्थापक प्रकाश मल्लले राष्ट्रिय खेलकुदको लागि आफैले बनाएको कार्यविधि र फिफाको अनिवार्य मापदण्ड पनि मिचिएकोमा आक्रोष पोखे ।

‘कुन टिममा कसले खेल्न पाउने भनेर कार्यविधिमा प्रष्टसँग उल्लेख गरिएको छ । त्यसअनुसार एनआरएनएको टिमबाट खेल्नका लागि कम्तिमा एक सय ८० दिन विदेशमा बसेर एनआरएन कार्ड लिएको हुनुपर्छ । तर, केही दिनअघिमात्र नेपालको राष्ट्रिय टोलीबाट खेलेका खेलाडीलाई एनआरएनएको टिमबाट खेलाइएको छ । अब आयोजक राखेप र एन्फाले उनीहरु गैह्र आवासीय नेपाली भएको प्रमाणित गर्नुपर्छ,’ २–० ले पराजित भएको खेलपछि एनआरएनएविरुद्ध प्रोटेस्ट दर्ता गराएका व्यवस्थापक मल्लले भने, ‘फुटबलका सामान्य नियमहरु पनि पालना भएका छैनन् । दिनहुँ खेल्नुपर्ने अवस्था छ । यस्तो झारो टार्ने पारामा गरिएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद भन्न मिल्दैन । बरु टोल कप व्यवस्थित हुन्छ ।’


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP